Logo

सिजीले ल्यायो एस्ट्रो सिरिजका दुई नयाँ मोडल, नयाँ प्रविधि समेटिएको सस्तो मोबाइल

सिजीले ल्यायो एस्ट्रो सिरिजका दुई नयाँ मोडल, नयाँ प्रविधि समेटिएको सस्तो मोबाइल


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सिजी मोबाइल्सले एस्ट्रो सिरिजमा दुई वटा नयाँ मोडल एस्ट्रो टर्च एमवान् र एस्ट्रो टर्च एसवान् सार्वजनिक गरेको छ ।
सिजी मोबाईलले नयाँ पुस्ताका लागि लक्षित गरेर ल्याएका मोबाईलमा इन्ट्री लेभल सेगमेन्ट समावेश गरिएको छ ।

मनोरञ्जन र कुराकानीका लागि पछिल्ला प्रविधि प्रयोग गरी बनाइएको मोबाइललाई बजेट शुल्कमै पाउन सकिने कम्पनीले जानकारी दिएको छ ।
यी दुई मोबाइलको बजारमा ल्याएपछि सीजी मोबाईल्सका व्यवस्थापन प्रमुख रमेश श्रेष्ठले भने ‘हामीलाई विश्वास छ, यी दुई मोबाइलमा नयाँ प्रयोग भएको छ, एउटा यी मोबाईलको ब्याट्रीका साथ साथै स्मार्ट फिचरहरु समावेश छन् भने सस्तो पनि छ ।’

उनले एस्ट्रो टर्च एमवान् र एस्ट्रो टर्च एसवान्ले ग्राहकको मन जित्ने विश्वास समेत व्यक्त गरे ।

यी मोबाईल लामो यात्रामा हिड्ने वा लामो समयसम्म चार्ज गर्न नपाउनेहरुका लागि उपयोगी हुने कम्पनीले बताएको छ । अडियो ज्याक, मोबाइल स्क्रिन पनि अपडेटेड प्रविधिमा आधारित रहेको सीजी मोबाइल्सको भनाई छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL