Logo

बैंकिङ समुहले उचाल्यो नेप्से, विशाल बजारको सेयरमा अनावश्यक चलखेल

बैंकिङ समुहले उचाल्यो नेप्से, विशाल बजारको सेयरमा अनावश्यक चलखेल


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । साताको पहिलो दिन नेप्से परिसुचक १७ दशमलव ६३ अंकले उकालो लागेको छ । बजार खुलेदेखि नै बुलिस ट्रेण्ड समातेको नेप्सेले दिनभर तलमाथी हुँदै अन्तमा दोहोरो अंकले बढेको हो ।

बजारमा बैंक र बीमा समुहको परिसुचक उकालो लागेसँगै समग्र नेप्से परिसुचक बढेको हो । जसमध्ये बजारमा सबैभन्दा बढी प्रभाव रहेको बैंकिङ समहुको परिसुचक २५ अंकले उकालो लागेको छ । यसैगरी बजारमा बीमा कम्पनीको परिसुचक पनि ४३ अंकले बढ्न पुगेको छ ।

साताको पहिलो दिन नेप्सेमा कारोबार रकम पनि उकालो लागेको छ । नेपाल लाईफ इन्स्योरेन्कको संस्थापक सेयर खरिदबिक्री हुँदा बजारमा कारोबार रकम बढ्न पुगेको हो । नेपाल लाईफको पौने १८ करोड रुपैयाँको संस्थापक सेयरको कारोबार हुँदा ७७ करोड ८० लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । जसमा १ सय ५९ कम्पनीको १६ लाख ५४ हजार कित्ता सेयर कारोबार भएको छ ।

बजारमा आईतबार पनि विशाल बजार कम्पनीको सेयरको अप्राकृतिक कारोबार भएको छ । समिति व्यक्तिको मिलेमत्तोमा सो कम्पनीको सेयर बजार खुलेको केही समयमै १० प्रतिशतले मूल्य बढाएर कारोबार भएको छ । केही समयभित्रै सरकारले सो कम्पनीको ठूलो मात्रामा सेयर बजारमा ल्याउने र जसका कारण मूल्य घट्ने हुँदा अहिले नै बेच्नका लागि सिमित व्यक्तिको मिलेमत्तोमा मूल्य बढाइएको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL