Logo

साढे ४ अंकले उकालो लाग्यो नेप्से, ८१ करोड ५१ लाखको कारोबार

साढे ४ अंकले उकालो लाग्यो नेप्से, ८१ करोड ५१ लाखको कारोबार


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । आइतबार नेप्से परिसुचक ४ दशमलब ५१ अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १६ सय २२ दशमलब ३२ अंकमा पुगेको छ । आइतबार उत्पादन समुहको परिसुचक सबैभन्दा बढी ३२ दशमलब १६ अंकले उकालो लागेको छ ।

त्यस्तै विकास बैंक १२ दशमलब १२, जलबिद्युत ११ दशमलब ४५, बैंकिङ समुह ७ दशमलब १४ र होटल समुह ६ दशमलब २७ अंकले बढेको छ ।

यता बीमा, अन्य र फाइनान्स समुहको परिसुचक भने क्रमश ः ३४ दशमलब १९, ६ दशमलब ३६ र १ दशमलब ३ अंकले ओरालो लागेको छ ।
आइतबार नविल बैंक लिमिटेडको सबैभन्दा बढी ५ करोड ५२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

सो दिन १ सय ६५ ओटा कम्पनी कारोबारमा आएका थिए । ती कम्पनीको २७ लाख २६ हजार कित्ता सेयरबाट ८१ करोड ५१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL