Logo

ओप्पोले बन्द गर्यो ‘एफथ्री ब्ल्याक’को उत्पादन, लिमिटेड एडिशनमा परिणत

ओप्पोले बन्द गर्यो ‘एफथ्री ब्ल्याक’को उत्पादन, लिमिटेड एडिशनमा परिणत


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । मोबाईल निर्माता कम्पनी ओप्पोले एफथ्री ब्ल्याकको उत्पादन बन्द गर्ने घोषणा गरेको छ । सो मोबाईलको बिक्री सोचेभन्दा बढी भएको र उपभोक्ता प्रतिको कृतज्ञता स्वरुप उत्पादन नै बन्द गरेर लिमिटेड एडिशनमा परिनत गर्ने घोषणा गरेको कम्पनीले जानकारी दिएको छ ।

लिमिटेड एडिशनका रुपमा परिनत गर्न लागिएको एफथ्री सेल्फी मनपराउने यूवा पुस्ता माझ विशेष लोकप्रिय छ । सो मोबाइलको बजार मूल्य ३२ हजार ९ सय ९० रुपैयाँ रहेको छ । नेपाली बजारमा प्रवेश गरेको छोटो अवधिमा नै ब्राण्डले आफ्नो परिचय सेल्फी एक्स्पर्ट क्यामेरा फोनका रुपमा स्थापित गर्न सफल भएको कम्पनीको दावी छ ।

ओप्पो एफथ्री ब्ल्याक एडिशनलाई लिमिटेड एडिशनमा परिणत गरेसँगै स्टक रहुन्जेल मात्र किन्न पाइनेछ । ‘ओप्पोको एफथ्री ब्ल्याक एडिशनका लागि नेपाली उपभोक्ताद्वारा प्रस्तुत प्रतिक्रियाले हामीलाई निकै उत्साहित तुल्याएको छ,’ ओप्पो नेपालका प्रमुख कार्यकारी अधिकृत जोनी जीले भने, ‘ब्राण्ड प्रति उपभोक्ताले दर्साएको माया तथा सहयोगका लागि हामी कृतज्ञ छौँ । हाम्रा समस्त उपभोक्ताप्रति कृतज्ञता स्वरुप हामी एफथ्रीको ब्ल्याक एडिशनलाई लिमिटेड एडिशनमा लाने घोषणा गरेका हौं ।’

विशेषगरी मध्यम वर्गीय बजार लक्षित ओप्पो एफथ्रीको ब्ल्याक लिमिटेड एडिशनमा आकर्षक डिजाइन, अत्याधुनिक प्रविधि, डुअल फ्रण्ट क्यामेरा, फास्ट चार्जिङ प्रविधि लगायत विभिन्न सुविधाहरु उपलब्ध छन् । पहिले गोल्ड कलरमा सार्वजनिक गरिएको ओप्पो एफथ्रीलाई उपभोक्ताको माग अनुरुप कम्पनीले कालो रंगमा प्रस्तुत गरेको हो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL