Logo

सेयर बजारमा उतारचढाव जारी, १ अंकले घट्दा १ अर्ब १७ करोडको कारोबार

सेयर बजारमा उतारचढाव जारी, १ अंकले घट्दा १ अर्ब १७ करोडको कारोबार


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । मंगलबार उच्च रुपमा बढेको नेप्से परिसुचक बुधबार सामान्य ओरालो लागेको छ । आज नेप्से १ दशमलब १४ अंकले घट्दा सेयर बजार १६ सय ३७ दशमलव २७ अंकमा झरेर बन्द भएको छ ।

सो दिन कारोबारमा आएका अधिकांश समुहको परिसुचक ओरालो लाग्दा समग्र सेयर बजारमा नकारात्मक प्रभाव परेको हो ।

बुधवार फाइनान्स समुह ७, विकास बैंकको परिसुचक ४ दशमलब ७१,जलविद्युत ३ दशमलव १९ र सेयर बजारमा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचक २ दशमलव ७७ अंकले ओरालो लागेको छ । त्यस्तै उत्पादन र अन्य समुह क्रमशः २ दशमलव ६४ र ० दशमलब ५८ अंकले घटेको छ ।

बुधबार नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा बढी ७ करोड २१ लाख बराबरको सेयर कारोबार भएको छ । त्यस्तै दोश्रोमा निको इन्स्योरेन्सको ७ करोड १६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको हो ।

बुधबार १ सय५५ ओटा कम्पनी कारोबारमा आएका थिए । ती कम्पनीको १ अर्ब १७ करोड रुपैयाँ बराबरको १६ लाख कित्ता सेयर कारोबार भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL