Logo

एनआईबीएल क्यापिटलले पुर्यायो १ लाख डिम्याट खाता

एनआईबीएल क्यापिटलले पुर्यायो १ लाख डिम्याट खाता


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । एनआईबीएल क्यापिटलले १ लाख डिम्याट खाता खोलेको छ । २०७१ सालदेखि निक्षेप सदस्यको रुपमा काम गर्दै एनआईबीएल क्यापिटलले छाटो अबधिमै १ लाख हितग्राही खाता खोल्न सफल भएको हो ।

क्यापिटलले आफ्नो मुख्य कम्पनी नेपाल इन्भेष्टमेन्ट बैंकको सम्पूर्ण शाखा कार्यालयबाट समेत मर्चेन्ट बैंकिङ सम्बन्धी सेवा प्रदान गर्दै आएको छ । एनआईबीएल क्यापिटल नेपालको धितोपत्र बजारको लागि एकिकृत मोबाईल एप सार्वजनिक गरि प्रयोग गर्ने पहिलो संस्था समेत रहेको छ ।

उक्त एपबाट निक्षेप सदस्यले आफ्नो हिताग्राही खाताको विवरण, म्युचुअल फण्डको खुद सम्पत्ति मूल्य तथा लगानी व्यवस्थापन सेवा लिएका सेवाग्राहीले समेत आफ्नो लगानीको विवरण हेर्ने सक्ने छन् ।

साथै कम्पनीले मर्चेन्ट बैंकिङ तथा सामुहिक लगानीकोष अन्तर्गत कोष व्यवस्थापकको कार्य गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेको छ ।

एनआईबीएल क्यापिटल, निक्षेप सदस्यहरुमध्ये अग्रणी स्थानमा रही निक्षेप खाताको बजार हिस्सामध्ये साढे ११ प्रतिशत खाता सोही संस्थामार्फत संचालन भइरहेको दाबी गरेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL