Logo

हुन्डाईले ल्यायो ‘ज्वेफुल जुलाई’ अफर, स्क्रयाचबाट १ लाखसम्म नगद छुट

हुन्डाईले ल्यायो ‘ज्वेफुल जुलाई’ अफर, स्क्रयाचबाट १ लाखसम्म नगद छुट


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपालका लागी हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल ले “हुन्डाई ज्वेफुल जुलाई अफर” ल्याएको छ । यस अफरमार्फत ग्राहकहरुले हुन्डाई गाडीको खरिदमा आकर्षक छुट प्याकेजका साथै थप सुविधा प्राप्त गर्ने अवसर पाउनेछन ।

विशेषगरी चाडपर्वको समयमा मात्रै ग्राहकहरुलाई यस्तो आकर्षक योजना प्रदान गरिने नेपाली गाडी उद्योगमा, चाडपर्व अगावै नै सार्वजनिक गरिएको यस योजना एकदम नौलो भएको कम्पनीले जानकारी दिएको छ । सो योजना अन्तर्गत हरेक हुन्डाई गाडीको खरिदमा आकर्षक नगद छुट, निशुल्क इनस्योरेन्स तथा आर्थिक बर्ष २०७४र२०७५ को रोड ट्याक्स र स्क््रयाच कुपन मार्फत १ लाख रुपैयाँसम्मको थप नगद छुट प्राप्त गर्न सकिनेछ ।

साथै हरेक हुन्डाई गाडीको खरिदमा ४ वर्षसम्मनिशुल्क सर्भिस र ३ वर्षको वारेन्टी पनि प्राप्त गर्न सकिनेछ । यो योजना सिमित अवधीका लागि मात्र लागु हुने कम्पनीले जानकारी दिएको छ ।

चाडपर्व अगावै नै ग्राहकवर्गको मनसूनमा खुशियाली ल्याउन हुन्डाईले यो योजना ल्याएको हो । लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकवर्गको निम्ति विभिन्न नौलो योजना ल्याउने गरेको छ र यस योजना मार्फत पनि ग्राहकहरुलाई विभिन्न सुविधा प्रदान गर्ने कम्पनीको विश्वास छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL