Logo

शिखर शुको क्रेजी मेला शुरु, ८५ प्रतिशतसम्म छुट

शिखर शुको क्रेजी मेला शुरु, ८५ प्रतिशतसम्म छुट


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । शिखर शुले ‘क्रेजी’ मेला शुरु भएको छ । कम्पनीले जेठ १४ गतेदेखि भृकुटीमण्डपमा क्रेजी मेला शुरु गरेको हो । मेलाको उद्योग मन्त्री नविन्द्रराज जोशीले उद्घाटन गरेका हुन् ।

कम्पनीले आज पत्रकार सम्मलेन गर्दै मेलामा न्युनतम १५ देखि अघिकतम ८५ प्रतिशतसम्म छुट दिने जानकारी दिएको छ । मेलामा १ सय रुपैयाँदेखि माथीका जुत्ता तथा चप्पल उपलब्ध हुनेछ । आम उपभोक्तालाई सर्वसुलभ मूल्यमा गुणस्तरीय जुत्ता तथा चप्पल उपलब्ध गराउने उद्देश्य अनुरुप मेला आयोजना गरिएको शिखर शुका प्रबन्ध दिर्नेशक रामकृष्ण प्रसाइले जानकारी दिए ।

मेलामा विशेषगरी गर्मी सिजनका लागि आवश्यक जुत्ता तथा चप्पल राखिने छ । जेठ १४ गतेदेखि शुरु भएको क्रेजी मेला स्टक रहुनजेलसम्मका लागि चल्ने कम्पनीले जानकारी दिएको छ । मेलामा पार्टी शु, स्पोर्टस, स्कुल, क्याजुअल तथा चप्पलहरु पाइने छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL