Logo

मत परिणाम सार्वजनिक भइरहदा १० अंकले घट्यो नेप्से, ५० करोड ४९ लाखको कारोबार

मत परिणाम सार्वजनिक भइरहदा १० अंकले घट्यो नेप्से, ५० करोड ४९ लाखको कारोबार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । देशका विभिन्न स्थानमा चुनाबको मत परिणामा सार्बजनिक भइरहदा मंगलबार नेप्से परिसुचक ९ दशमलव ९९ अंकले ओरालो लागेको छ । सो दिन नेप्से १६ सय ४९ दशमलव २४ अंकमा झरेर बन्द भएको हो ।

मंगलबार कारोबारमा आएकामध्ये उत्पादन बाहेक अन्य समुह घट्दा समग्र सेयर बजार ओरालो लागेको हो । सो दिन बीमा समुहको परिसुचक सबैभन्दा बढी ४६ अंकले घटेको हो । त्यस्तै जलविद्युत १९ दशमलब ९, होटल समुह १७ दशमलव ५३, विकास बैंक १४ दशमलब ५१ र बैंकिङ समुह १० दशमलब ४१ अंकले घटेको छ ।

त्यस्तै फाइनान्स र अन्य समुहको परिसुचक क्रमशः ५ दशमलव ७ र ० दशमलव ५८ अंकले घटेको हो । यता उत्पादन समुहको परिसुचक भने ३० दशमलब ८९ अंकले बढेको छ ।

मंगलबार स्ट्याण्डर्ड चाटर्ड बैंकको १ करोड ९१ लाख बराबरको कारोबार भएको छ । मंगलबार १ सय ४० कम्पनी कारोबारमा आएका थिए । ती कम्पनीको २८ लाख कित्ता सेयरबाट ५० करोड ४९ लाखको कारोबार भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL