Logo

लोकप्रियता कमाउदै ओप्पो, विश्वबजारमा चौथो उत्कृष्ट स्मार्टफोन

लोकप्रियता कमाउदै ओप्पो, विश्वबजारमा चौथो उत्कृष्ट स्मार्टफोन


बिजखबर संवाददाता
0
Shares

विश्व बजारमा ओप्पो मोवाइलको लोकप्रियता नाटकीय ढंकले अगाढी बढेको छ । पछिल्लो समय सार्वजनिक विभिन्न प्रतिवेदनहरुले यस्तो देखाएका हुन् ।

यसैवीच इन्टरनेसनल डाटा कर्पोरेशन (आईडीसी)ले सन् २०१७ को पहिलो त्रैमासका लागि सार्वजनिक गरेको स्मार्टफोन नतिजाअनुसार ओप्पो चौथो स्थानमा रहेको छ ।

सो अवधिमा विश्व बजारमा २५ दशमलव ६ मिलियन संख्याको फोन विक्रि गर्न सफल भई ओप्पो चौथो स्थानमा रहेको छ । प्रतिवेदन अनुसार ओप्पोको वार्षिक बजार वृद्धिदर २९ दशमलव ८ प्रतिशत रहेको छ।

विशेषगरी यसमा क्यामेरा केन्द्रित आरनाइनले ओप्पोको ओप्पोको लोकप्रियता बढाएको समेत आइडिसीले जानकारी दिएको छ ।
आईडीसीका अनुसार ओप्पोले विश्वभरका १० करोड भन्दा बढी यूवा पुस्तालाई उत्कृष्ट स्मार्टफोन फोटोग्राफी अनुभव प्रदान गरिरहेको छ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL