Logo

थपियो तीन क्लियर बैंक, प्रभु, सिद्धार्थ र इन्भेष्टमेन्ट परे छनौटमा

थपियो तीन क्लियर बैंक, प्रभु, सिद्धार्थ र इन्भेष्टमेन्ट परे छनौटमा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले लामो समयको प्रयासपछि नयाँ क्लियर बैंक थपेको छ । नेपाल धितोपत्र बोर्डले पटक–पटक निर्देशन दिएपछि नेप्सेले थप तीनवटा क्लियर बैंक थप्ने निर्णय गरेको हो ।

क्यिर बैंकका लागि १२ वटा बाणिज्य बैंकले आशयपत्र पेश गरेकोको ३ वटा बाणिज्य बैंकलाई छनौंट गरिएको नेप्सेद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । जस अनुसार प्रभु बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र सिद्धार्थ बैंकलाई क्लियरिङ बैंकका रुपमा छनौट गरेको छ ।

नेप्से संचालक समितिबाट स्वीकृति मापदण्ड अनुसार थप तीन ओटा बाणिज्य बैंकलाई क्लियर बैंकको रुपमा काम गर्न छनौट गरिएको सिडिएस एण्ड क्लियर लिमिटेडले जानकारी दिएको छ ।

क्लियरिङ बैंकको रुपमा काम गर्न सानिमा बैंक, बैंक अफ काठमाडौं, नविल बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, प्रभु बैंक, एनआइसी एसिया बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, सिद्धार्थ बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल, सनराइज बैंक, एभरेष्ट बैंक र एनबी बैंकले आशयपत्र पेश गरेका थिए । प्राप्त आशयपत्रहरुको मूल्यांकन गरी उच्च अंक प्राप्त गर्ने बैंकहरुलाई सिडिएससीको मूल्यांकन समितिले सिफारिस गरेको विज्ञप्तीमा उल्लेख छ ।

यससँगै क्लियर बैंकको संख्या चार पुगेको छ । यस अघि ग्लोवल आईएमई बैंकले मात्र क्लियर बैंकको रुपमा काम गर्दै आएको थियो । नयाँ तीन क्लियर बैंक थपिएसँगै सेयर कारोवार, साफसाफ र पछ्र्यौटमा थप सहजता हुने नेप्सेको विश्वास छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL