Logo

रेनोल्टको टेस्ट ड्राइभ शुरु, १९ गतेसम्म चल्ने

रेनोल्टको टेस्ट ड्राइभ शुरु, १९ गतेसम्म चल्ने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपालमा रेनोल्टको आधिकारिक बितरक, एडभान्स अटो मोबाईल प्रालिले देशका विभिन्न शहरहरुमा रेनोल्ट टेस्ट ड्राइभ कार्यक्रम आयोजना गरेको छ । मंगलवारदेखि शुरु रेनोल्ट टेस्ट ड्राइभमा ग्राहकहरुले कावासोती, चितवन, जितपुर र कसौलीमा यूनाइटेड अटो कन्र्सनमा रेनो कारहरुको आविष्कारिक अनुभव लिन सक्नेछन् ।

रेनोल्टे टेस्ट ड्राइभ कार्यक्रममा, रेनोल्टे प्रेमीहरुले रेनोल्ट क्विड आफैंले चलाएर परिक्षण गर्न सक्ने कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार कार्यक्रम ग्राहकहरुलाई रेनोल्टे ब्राण्डको बारेमा अधिक जानकारी प्रदान गर्न आयोजना गरिएको ।

कार्यक्रम यहि फागुन १९ गते समापन हुनेछ । विहान १० बजे देखि बेलुकी ६ बजे सम्म आयोजना हुने कार्यक्रममा रेनोल्ट कारहरुको आविस्कारिक र आश्चार्यजनक अनुभव हासिल गर्न सक्ने कम्पनीको दावी छ ।

रेनोल्ट क्विडको २५.१७ किलोमीटर प्रति घण्टाको इन्धन खपतको क्षमता, १८० मिलिमीटरको ग्राउण्ड क्लियरेन्स, ७ इन्चको एलसिडी टचइन्फोटेनमेन्ट सिस्टम, तथा रिमोट सेन्ट्रल लकिंग, १६ इन्चको गन मेटलह्विल्स, क्रुज कन्ट्रोल लगायतका अन्य विशेषताहरुको बारेमा जानकारी प्राप्त गर्नेछन् ।

रेनोल्टे टेस्ट ड्राइभ कार्यक्रममा प्रत्येक टेस्ट ड्राइभ ग्राहकहरुले आकर्षक पुरस्कारहरु पनि जित्न सक्नेछन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL