Logo

चन्द्रागिरी केवलकारको टिकटमा ५० प्रतिशट छुट, हप्तामा ४ दिनमात्र लागू

चन्द्रागिरी केवलकारको टिकटमा ५० प्रतिशट छुट, हप्तामा ४ दिनमात्र लागू


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । चन्द्रागिरी केवलकारले आफ्नो औपचारिक उद्घाटनको अवसर पारेर ५० प्रतिशत छुटको घोषणा गरेको छ ।

चन्द्रागिरी हिल्सले सो योजनालाई यही पुस ४ गते अर्थात सोमबारदेखि कार्यान्वयनमा ल्याउने कम्पनीका संचालक अम्बिकाप्रसाद पौडेलले जानकारी दिए । ‘औपचारिक उद्घाटनको अवसरमा घुम्न जाने पर्यटकलाई ५० प्रतिशत छुट दिने घोषणा गरेका हौं,’ उनले भने, ‘सो योजना १५ दिनसम्म लागू हुने छ ।’

पौडेलका अनुसार सो योजना हप्तामा ४ दिनमा लागू हुने छ । जसअनुसार सोमबार, मंगलबार, बुधबार र विहीबार केवलकार चढ्नेले टिकटमा ५० प्रतिशत छुट पाउने छन् ।

केवलकार ४ महिना अघिदेखि संचालनमा आएपनि विहीबार प्रधानमन्त्री पुष्पकमल दाहालले औपचारिक उद्घाटन गरेका थिए । हालसम्म २ लाख २५ हजार जनाभन्दा बढीले उक्त केवलकार चढिसकेका छन् । काठमाडौंबाट नजिकको घुम्न जाने आकर्षक गन्तव्य मानिएको सो केवलकार चढेर चन्द्रागिरी घुम्न जानेको भीड लागेको कम्पनीले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL