Logo

महिन्द्राको विग बोलेरो पिकअप सार्वजनिक, नेपाली सडकमा सहज र सरल रुपमा गुडाउन सकिने

महिन्द्राको विग बोलेरो पिकअप सार्वजनिक, नेपाली सडकमा सहज र सरल रुपमा गुडाउन सकिने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । अग्निइन्कर्पोरेट प्रालिले विग बोलेरो पिकअप सार्वजनिक गरेको छ । दीपावलीको शुभ अवसरमा नेपाली बाटोहरुमा सहज र सरल रुपमा गुडाउन सकिने बिग कार्गो बक्स बिग पेलोड, बिगपावर र बिगकम्फर्टेबलक्यबिन सहितको बोलेरो सार्वजनिक गरेको हो ।

कम्पनी र आफ्ना पिक–अपग्राहकका बिचको सम्बन्धलाई अझै प्रगढ बनाउन उदय योजना सञ्चालन गरिरहेको छ । योजनामा सहभागी ग्राहकहरुका लागि सदस्यता कार्ड प्रदानगरिएको छ र सोहि कार्डको माध्यमद्वारा नजिकैको ग्राहकहरुले अग्नि डिलरहरुबाट विभिन्नसुविधाहरुको लाभ प्राप्तगर्दै आएका छन् ।

उदय योजनाले मुख्य गरी रू. २ लाखको निःशुल्क दुर्घटना जीवनबीमा, एसएलसीमा उत्कृष्ट २५ छात्र–छात्रालाई रू.२५ हजारको छात्रवृत्तिको व्यवस्था गरेको छ ।

साथै स्पेयर पार्ट्स र लुब्रिकेन्टमा १५ प्रतिशत छुट र थप एक फ्रि सर्भिस, रू.२ सयको मोबाइल रिचार्ज कार्ड, परिवारका सदस्यहरुका लागि महिन्द्रा सर्भिस क्याम्पमा ग्राहयता प्रदान गर्नुका साथै अन्यवार्षिक लाभदायक कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL