Logo

बीमा समुहले उचाल्यो बजार, ६ अंकले बढ्दा ७० करोडको कारोबार

बीमा समुहले उचाल्यो बजार, ६ अंकले बढ्दा ७० करोडको कारोबार


बिजखबर संवाददाता
27
Shares

बजारमा बीमा समुहको परिसुचक बढेसँगै समग्र नेप्से परिसुचक उकालो लागेको छ । साताको अन्तिम दिन नेप्से परिसुचक ६ दशमलव ५८ अंकले उकालो लागेको छ । विहीबार बजारमा बढेर १ हजार ७ सय ९४ अंकमा पुगेर अडिएको छ ।

बजारमा प्रभाव पार्ने प्रायःजसो समुहको परिसुचक उकालो लागेको छ । जसमध्ये बीमा समुहको परिसुचक सवैभन्दा बढी १ सय २७ अंकले बढेको छ । त्यसैगरी बैंकिङ समुहको परिसुचक पनि ३ दशमलव ५७ अंकले बढ्न गएको छ ।

विहीबार विकास बैंक समुह ६ अंकले बढ्दा जलविद्युत समुहको परिसुचक २३ अंकले उकालो लागेको छ । तर, बजारमा फाइनान्स, होटल तथा उत्पादनमुलक समुहको परिसुचक भने उकालो लागेका छन् ।

अन्तिम दिन अन्य दिनको तुलनामा कारोवार रकम पनि बढेको छ । यस अघि दैनिक ५० करोडको हाराहारीमा कारोवार हुँदै आएकोमा आज ७० करोड ३३ लाख रुपैयाँ बरावरको सेयर कारोवार भएको छ । जसमा १ सय २६ कम्पनीको ७ लाख ८७ हजार कित्ता सेयर खरिदविक्री भएका छन् ।

बजारमा सवैभन्दा बढी एभरेष्ट बैंकको सवैभन्दा बढी ६ करोड ३० लाख रुपैयाँको सेयर कारोवार भएको छ । आजैमात्र फरदर पब्लिक अफरिङ (एफपीओ)को घोषणा गरेको स्ट्याण्डर्ड चाटर्ड बैंकको पनि पौने ६ करोड रुपैयाँको सेयर खरिदविक्री भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL