Logo

आईएमई पेमार्फत मेरो सेयर नविकरण गर्न सकिने गरी मुक्तिनाथ क्यापिटलसँग सम्झौता

आईएमई पेमार्फत मेरो सेयर नविकरण गर्न सकिने गरी मुक्तिनाथ क्यापिटलसँग सम्झौता



काठमाडौं । आइएमई ग्रुपको आइएमई पे र मुक्तिनाथ क्यापिटलबीच एक सम्झौता भएको छ । आईतबार एक कार्यक्रमका बीच उक्त सम्झौता भएको हो । सम्झौता अनुसार मुक्तिनाथ क्यापिटल लिमिटेडका सेवाग्राहीहरूले डीम्याट र मेरो सेयर नवीकरण शूल्क आइएमई पे वालेट मार्फत सजिलै भुक्तानी गर्न सक्ने भएका छन् ।

laxmi

यस सम्बन्धि सम्झौता–पत्रमा मुक्तिनाथ क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्र जोशी र आइएमई पेका तर्फबाट बजार व्यवस्थापन प्रमुख गुण श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL