Logo

साताको अन्तिम दिन नेप्सेमा सामान्य वृद्धि, जलविद्युतको सेयरमा पोजेटिभ सर्किट

साताको अन्तिम दिन नेप्सेमा सामान्य वृद्धि, जलविद्युतको सेयरमा पोजेटिभ सर्किट



काठमाडौं । साताको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ७ अंकले उकालो लागेको छ । पछिल्लो समय घटबढ भईरहेको नेप्से परिसुचक बिहीबार ७ दशमलव ५३ अंकले उकालो लाग्दै १४ सय ३९ विन्दुमा गएर रोकिएको हो ।

नेप्सेका अनुसार बिहीबार सबै समुहका परिसुचकहरु उकालो लागेका छन् । जसमध्ये जिवन बीमा समुहको परिसुचक सबैभन्दा धेरै ५५ अंकले उकालो लागेको छ । यस्तै निर्जिबन बीमा समुहको परिसुचकमा पनि बिहीबार ५० अंकको उछाल आएको छ ।

बिहीबार उत्पादनमुलक समुहको परिसुचक २७ अंकले उकालो लाग्दा लघुवित्त समुहको परिसुचक १५ अंकले बढेको छ । यस्तै बजारमा धेरै प्रभुत्व रहेको बैंकिङ समुहको परिसुचक पनि बिहीबार ५ अंकले उकालो लाग्दा होटल समुहको परिसुचक १३ अंकले उकालो लागेको हो ।

आज बिहानैदेखि घटबढ भईरहेको बजारमा १ सय ८९ कम्पनीका ३४ लाख ३० हजार ५ सय ३२ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १ अर्ब ३२ करोड २ लाख ६६ हजार ६ सय ७८ रुपैयाँ पुगेको छ ।

आज विभिन्न ९ ओटा कम्पनीको सेयरमूल्यमा ९ प्रतिशत बढीको वृद्धि भएको छ । यस्तै बिहीबार खानीखोला हाईड्रोपावर कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL