Logo

एकै दिन तोलामा १५ सयले बढ्दा सुनको मूल्यमा नयाँ रेकर्ड, ९४ हजारमा कारोबार

एकै दिन तोलामा १५ सयले बढ्दा सुनको मूल्यमा नयाँ रेकर्ड, ९४ हजारमा कारोबार



काठमाडौं । सुनको मूल्यले नया रेकर्ड कायम गरेको छ । बुधबारका लागि नेपाली बजारमा सुनको मूल्य तोलाको ९४ हजार रुपैयाँ कायम गरिएसँगै सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको हो ।

laxmi

मंगलबार प्रतितोला ९२ हजार ५ सयमा कारोबार भएको सुन एकैदिन १५ सय रुपैयाले बढेको हो ।
कोरोना पछिको लकडाउनका कारण विश्व बजारमै सुनको मूल्य उच्च रुपमा बढेको छ ।

मानिसहरुले लगानी सुरक्षित गर्न सुन होल्ड गर्न थालेपछि मूल्य उच्च रुपमा बढ्दै गएको सम्बद्ध सरोकारवालाहरु बताउँछन् । विश्व बजारमा बढेसँगै नेपाली बजारमा पनि सुनको मुल्य बढेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL