Logo

नियामक र लगानीकर्ता संघका नेताको हठले ९५ दिन ‘कोमा’मा सेयर बजार, आखिर के भयो सुधार ?

नियामक र लगानीकर्ता संघका नेताको हठले ९५ दिन ‘कोमा’मा सेयर बजार, आखिर के भयो सुधार ?



काठमाडौं । लकडाउन सुरु भएपछि बन्द भएको सेयर बजार आजदेखि संचालनमा आएको छ । कोरोना पछिको लकडाउका कारण बजार सुधार गर्नुपर्ने भन्दै लगानीकर्ता सम्बन्धी संघसंगठनका नेताहरुले बन्द गराएको बजार ९५ दिन पश्चात पुरानै अवस्थामा खुलेको छ ।

विषम परिस्थितीमा ५ दिन बन्द भएर बजार खुल्नु पर्ने भएपनि लगडाउनको अबधिमा बजार खुल्दा नेप्से परिसुचक ह्वात्तै घट्ने भन्दै लगानीकर्ता संघसंस्थाका नेताले यस्तो अवस्थामा बजार खोलिए आन्दोलन गर्ने चेतावनी दिएका थिए । सोही अनुरुप चैत १० गतेदेखि बन्द भएको बजार नियामक निकाय धितोपत्र बोर्ड र नेपाल स्टक एक्स्चेञ्जले खुलाउन पहल गर्दा पनि सुरुवाती दिनमा खुल्न सकेन ।

लकडाउन पश्चात अन्य उद्योग व्यवसाय सहज रुपमा खुल्न थालेपनि लगानीकर्ताका नेताको आन्दोलनको चेतावनी भन्दै नियामक निकायले सेयर बजार बन्द नै गरेर बस्यो । लकडाउनको ४९ दिन पश्चात नियामक निकायले बैंशाख ३० र ३१ गते खुलाएको बजार लगानीकर्ताका नेताहरुले सिमित व्यक्ति पोस्न नियामकले बदमासी गरेको आरोप लगाएर आन्दोलनको चेतावनी दिएसँगै पुनः बन्द हुन पुगेको थियो । त्यसपश्चात लगानी कर्ताहरुले बजार खुलाउन माग गरेपनि धितोपत्र बोर्डले सुधारको काम जारी रहेको भन्दै तत्काल खुला गरेन ।

तर गत हप्ता लगानीकर्ता संघसंगठनका नेताहरुले लामो समय आफुहरुकै कारण बजार बन्द भएको स्वीकार्दै अबका दिनमा सेयर बजार बन्द गराउने खालका कुनै पनि गतिविधि नगर्ने भन्दै बोर्ड समक्ष गएर लिखित प्रतिवद्धता जाहेर गरेपछि मात्र नियामक निकाय बजार खुला गर्न तयार भयो र आजदेखि बजार ख्ुल्न थालेको छ । पूँजी बजार सम्बन्धी लगानीकर्ता र नियामक निकायले बजार सुधारका लागि काम गर्नेभन्दै आआफ्नै हठले ९५ दिनसम्म बजार बन्द गरेपनि आजदेखि पुरानै व्यवस्था अनुरुप बजार खुलेको छ । यो अबधिमा त कुनै नीतिगत परिवर्तन भयो न त व्यवहारिक रुपमा । यसले समिति स्वार्थ बोकेका लगानीकर्ताका सिमित समुह र नियामकबीच इगो साध्ने काम मात्र गर्यो भने जसका कारण लाखौं लगानीकर्ता मारमा परे ।

लामो समयपश्चात खुलेको बजारमा ४० मिनेट पुग्न नपाउँदै उल्को सर्किट लाग्न पुग्यो । यसले ९५ दिन बजार बन्द गर्नुको कुनै अर्थ नरहेको सन्देश दिएको छ ।

पूँजी बजार खुला गर्ने क्रममा लगानीकर्ता, सेवोन, नेप्से र नेपाल राष्ट्र बैंकले आआफ्नै तर्क राखेपनि अन्तत कुनै पनि सुधार नभई बजार खुला गर्न बाध्य भए । धितोपत्र बोर्डले पूँजी बजार सुधारका लागि राष्ट्र बैंक समक्ष विविध माग राखेर उक्त माग पुरा नभए बजार नखोल्ने अडान लिएपनि गभर्नर महाप्रसाद अधिकारीले बजार खुलोस वा बन्द होस त्यो राष्ट्र बैंकको मतलबको विषय नभएको जवाफ दिएर फर्काईदिए । लामो समयसम्म पूँजी बजार बन्द हुँदा पनि यसलाई खुलाउन कसैले चासो नदिँदा नेपालमा पूँजी बजारको कुनै अस्तित्व रैनछ भन्ने सन्देश दिएको छ । अथवा पूँजी बजार खुल्दा र बन्द हुँदा कसैलाई पनि घाटा वा नाफा नहुने देखिएको छ ।

सामान्य पशल बन्द हुँदा आन्दोलनमा उत्रने नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श र नेपाल उद्योग परिसंघले १५ खर्ब रुपैयाँ पूँजीकरण रहेको सेयर बजार ९५ दिन बजार बन्द हुँदा खुला गर्नुपर्ने माग राख्दै एउटा विज्ञप्ती समेत जारी गरेनन् । लगानीकर्ता संघसंस्थाका नेताहरु पनि बजारको माग भन्दा ठिक विपरित बजार बन्द गर्न लागे । देशमा जुवाघर अर्थात क्यासिनो बन्द हुँदा मजदूर संघसंगठन त्यसलाई खुला गर्न माग राख्दै आन्दोलनमा उत्रने गरेका छन् तर पूँजी बजारका स्वघोषित नेताहरु बन्द गर्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रिए । यसो गर्नु पूँजी बजारको सिद्धान्त र मर्म विपरित भएको सम्बद्ध लगानीकर्ताअहरुनै बताउँछन् ।

यो बीचमा लगानीकर्ताले आफ्ना माग पुरा गराउने स्वार्थमा सरकार र नियामकलाई अझै कानुनी जटिलतामा फसाउन सफल भए भने नियामक निकायले पनि आफ्नो नियामकीय क्षमता गुमाउँदै स्वाघोषित लगानीकर्ता संघसंगठनका स्वघोषित नेतासँग झुकेर बजार बन्द गरेर बसे । जसको बाबजुद धितोपत्र बोर्डले राष्ट्र बैंैकलाई गुहार्ने अवस्था समेत सिर्जना भयो । अन्तत लगानीकर्ताका नेताहरुले बोर्ड समक्ष आफ्ना गल्ती स्वीकार्दै आत्मसम्पर्ण गर्दा त्यस्ता संघसंस्थाको हैसियत के हो भन्ने प्रष्ट पारेको छ भने यसले त्यस्ता संस्थाको नेतृत्व गर्ने व्यक्तिहरु माथि समेत थप प्रश्न खडा गरेको छ । उनीहरु माथी यस अघि पनि संघसंस्थाका नाममा सुचना चुवाट गर्ने, लगानीकर्ताको नेता हुँ भन्दै ब्रोकरको उधारो सेयर किन्दै लामो समयसम्म पैसा नतिर्ने जस्ता अरोप लाग्दै आएका थिए । पछिल्लो समय उनीहरुले देखाएको हर्कतले यसलाई थप पुष्टि गरिदिएको एक लगानीकर्ताले जानकारी दिए ।

यसैबीच धितोपत्र बोर्डले दोस्रो बजार कारोबार पूर्ण रूपमा यान्त्रिकीकरण गर्न इडीआईएसमार्फत सेयर ट्रान्सफर गर्ने व्यवस्था गरेको, लगानीकर्ताहरूले असार मसान्तसम्म सबैले मेरो सेयर खाता खोल्न, युजर आइ डि र पासवर्ड लिन कुनै पनि शुल्क नलाग्ने लगायतका ६ वटा व्यवस्था गरेको जानकारी दिएको छ । तर यी कुनै पनि काम गर्न बजार नै बन्द गर्नु पर्दैन ।

प्रतिक्रिया दिनुहोस्
MBL