Logo

प्रुडेन्सियल इन्स्योरेन्सको सहयोगमा बाराको मुसहर बस्तीमा राहत वितरण

प्रुडेन्सियल इन्स्योरेन्सको सहयोगमा बाराको मुसहर बस्तीमा राहत वितरण



काठमाडौं । विशाल ग्रुप फाउन्डेसन र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको सहयोगमा बाराको मुसहर बस्तीमा राहत सामग्री वितरण गरिएको छ ।

बाराको महागढीमाई नगरपालिकाको तेलकुवामा न्याना सामग्री वितरण गरिएको हो । सो ठाउँ गत वर्षको विनाशकारी आँधीबाट नराम्ररी तहसनहस भएको क्षेत्र हो । तेलकुवाको वडा न २ र ७ को मुसहर बस्तीमा प्रत्येक घरलाई एक–एक थान ज्याकेट, कम्बल, ट्र्याकसुट, टोपी र पुरी–तरकारी वितरण गरिएको हो ।

महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र यादव, बाराका प्रहरी उपरीक्षक विकाशराज खनाल र कम्पनीका प्रमुख कार्यकारी अधिृकत वीरकृष्ण महर्जनबाट राहत सामग्री वितरण गरिएको कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL