Logo

सिटी एक्सप्रेसलाई प्रधानमन्त्रीद्वारा सम्मान, मानव सेवा आश्रमलाई १२ सय ज्याकेट सहयोग

सिटी एक्सप्रेसलाई प्रधानमन्त्रीद्वारा सम्मान, मानव सेवा आश्रमलाई १२ सय ज्याकेट सहयोग



काठमाडौं । सिटी एक्सप्रेसले मानव सेवा आश्रमलाई १ हजार २ सय ओटा ज्याकेट सहयोग गर्ने भएको छ । कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवा आश्रमलाई ज्याकेट दिएर सहयोग गर्ने सम्झौतामा हस्ताक्षर गरेको हो ।

उक्त सहयोग गरेवापत मानव सेवा आश्रमको १६ औ आश्रम उद्घाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले सिटी एक्सप्रेस ग्रुपका प्रबन्ध निर्देशक चन्द्र टण्डनलाई सम्मान गरेका छन ।

समाजको सकारात्मक रुपान्तरण एवं मानविय सेवाको कार्यमा मानवसेवा आश्रमले पु¥याउदै आइरहेको योगदानको कदर गर्दै आश्रमलाई सम्मान गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL