Logo

ईसेवाको फोनपे र सक्षमबीच सम्झौता, ग्रामीण भेगका नागरिकलाई वित्तीय सेवामा पहुँच

ईसेवाको फोनपे र सक्षमबीच सम्झौता, ग्रामीण भेगका नागरिकलाई वित्तीय सेवामा पहुँच



काठमाडौं । इसेवाको फोनपेले युके एडको सक्षम (एक्सेस टु फाईनान्स) सँग सम्झौता गरेको छ । कम्पनीले ग्रामिण भेगका नागरिकहरुलाई वित्तिय सेवामा पहुँच पुर्याउन बुधबार सक्षमसँग सम्झौतापत्रमा हस्ताक्षर गरेको हो । सम्झौतापत्रमा इसेवा फोनपेका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा तथा युके एडको सक्षमका तर्फबाट टिम लिडर निर्मल दाहालले हस्ताक्षर गरेका छन ।

laxmi

उक्त सम्झौता पश्चात स्थापित गरिएका इसेवा क्यास पोइन्टले डिजिटल माध्यम मार्फत् ग्रामीण उपभोक्ताहरुलाई वित्तीय सेवाहरु प्रदान गर्नेछन् । कम्पनीका अनुसार परियोजनाको उद्देश्य भनेको वित्तीय सेवाहरुमा आम नागरिकहरुको पहुँच वृद्धि गर्नुका साथै सम्पूर्ण वित्तीय सेवामा पहुँच नभएका वा कम पहुँच भएका नागरिकहरुमा नवीन डिजिटल वित्तीय सेवाहरुको पहुँच बढाउने कामको प्रवद्र्धन गर्ने हो ।

सक्षम एक्सेस टु फाइनान्स नेपाल तथा संयुक्त अधिराज्य सरकारबीच भएको सम्झौता बमोजिम सञ्चालन भैरहेको एक कार्यक्रम हो । यसलाई डीएफआईडी नेपालको तर्फबाट लुइस बर्जरले स्थानीय तथा अन्तर्रा्ष्ट्रिय संस्थाहरुसँको साझदारीमा कार्यान्वयन गरिरहेको छ ।
इसेवा नेपाल राष्ट्रबैंकबाट भुक्तानी सेवा प्रदायकको लाइसेन्स् प्राप्त नेपालको पहिलो पेमेन्ट गेटवे कम्पनी हो । इसेवामा २० लाख ग्राहक, ५५ हजार एजेन्ट नेटवर्क, ५४ वटा सदस्य बैंक तथा ३० हजार मर्चेन्टको सञ्जाल रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL