Logo

के एल टावरको मोबाइल मेलाको अवधि १ हप्ता थप, मोबाइल एक्सचेन्ज योजना लागु

के एल टावरको मोबाइल मेलाको अवधि १ हप्ता थप, मोबाइल एक्सचेन्ज योजना लागु


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । केएल मोबाइल हबले हाल सञ्चालन भइरहेको मोबाइल मेलाको अवधि एक साता लम्ब्याएको छ । साथै मोबाईल एक्सचेञ्ज अफर समेत थप गरेको छ ।

यससँगै अब मोबाईल हबमा नयाँ मोबाइलसँग बिग्रेको पुरानो मोबाइल साट्न पाइने भएको छ । यस अघि एउटा मोबाइल किन्दा अर्को एउटा मोबाइल सित्तैंमा बितरण गरेको थियो

मोबाइल हबका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरका अनुसार ग्राहकले जस्तो सुकै बिग्रेको मोबाइल भए पनि मुल्यांकन गरि नयाँ मोबाइल खरिद गर्न तथा मोबाइल हबमा उपलब्ध कुनै पनि ब्राण्डका मोबाइलसँग ग्राहकले आफ्नो पुरानो मोबाइल साट्न सक्छन् ।

साथै हबमा एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैंमा पाउने अफर निरन्तर रहेको जनाएको छ ।

हरेक मोबाइलको खरिदमा हात खाली नजाने एक्सक्लुसिभ अफर सहित अफर भित्र पनि अफर नामको मोबाइल मेलाको अवधि एक साता थप भएसँगै फागुन २३ गतेसम्म मेला सञ्चालन हुने छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL