Logo

आइएमइ मोटर्स र साझा यातायात बिच सम्झौता, थप २० बस ल्याउँदै साझा

आइएमइ मोटर्स र साझा यातायात बिच सम्झौता, थप २० बस ल्याउँदै साझा


बिजखबर संवाददाता
0
Shares

काठमाडौ । आइएमइ मोटर्स प्रालि र साझा यातायात विच थप बस खरीदका लागी सम्झौता भएको छ ।

सम्झौतानुसार साझा यातायातले अशोक लेलैण्डका थप २० थान बस खरीद गर्ने भएको हो । बिहीबार भएको सम्झौतामा अशोक लेलैण्ड इन्डियाका प्रतिनिधि कन्ट्री मेनेजर टोनीगुइनको रोहबरमा साझा यातायातका निमित्त कार्यकारी प्रमुख महेन्द्र राज पाण्डे र आइएमइ मोटर्सका प्रमुख कार्यकारी अधिकृत कपिल शिवाकोटी बीच हस्ताक्षर भएको बताएका छन ।

भारतको चेन्नई स्थित अशोक लेलैण्डले साझायातायातले खोलेको टेन्डर मार्फत नेपालमा सिटी बस सप्लाइ गर्ने भएको हो । अशोक लेलैण्डका बसहरु बातावरण मैत्री तथा अपाङग मैत्री रहनेछन् । सोही अवसरमा शिवाकोटीले अशोक लेलैण्डका सिटी बसहरु नेपाली बाटोमा कोशेढुङ्गा साबित हुने बताए । साझा यातायातको प्रयोगले निजि सवारी साधन प्रयोग घट्ने तथा ट्राफिक समस्या कम हुने शिवाकोटीको विस्वाश रहेको छ ।

सय भन्दा बढी मान्छे बोकेर हिडने अशोक लेलैण्डका सिटी बसहरु काठमाण्डौँ भित्रिए संगै अफिस टाइममा हुने जामको समस्या पनि कम हुने यातायातको विस्वास रहेको विज्ञप्तीमा उल्लेख छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL