Logo

कलकत्ताको ‘गणगोर’ कमलादीमा, ५ करोडको लगानीमा १५ डिलक्स रुम सहित भेज रेष्टुराँ

कलकत्ताको ‘गणगोर’ कमलादीमा, ५ करोडको लगानीमा १५ डिलक्स रुम सहित भेज रेष्टुराँ


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । कलकत्ताको ‘गणगोर’को फ्रेञ्चाइजीमा काठमाडौंको कमलादीमो भेज रेष्टुराँ संचालमा आएको छ । गणगोर फुड्स एण्ड सर्भिसेज प्रालिले नेपालमा पहिलोपल्ट गणगोरको फ्रेञ्चाइ संचालमा ल्याएको हो ।

कम्पनीले भेज खानाको पारखीका लागि लक्षित गर्दै अन्तरराष्ट्रिय स्तरको भेज रेष्टुराँ संचालनमा ल्याएको बताएको छ । गाँस र बासको व्यवस्था सहित कम्पनीले १५ वटा डिलक्स रुम समेत संचालनमा ल्याएको छ ।

gopal_gangaur

 

कोलकत्ताकै वास्तविक टेष्ट दिनका लागि कम्पनीले कुक समेत गणगोरबाटै ल्याएको छ । पहिलो एक वर्ष ८ देखि १० जना कुक कोलकत्ताबाटै ल्याउने र उनीहरुबाटै नेपालीलाई ट्रण्ड गर्दै लैजानले लक्ष्य रहेको छ । हाल कम्पनीमा ४० जना कर्मचारी रहेकोमा आगामी दिनमा ८० पुर्याइने कम्पनीका संचालक गोपाल शर्माले जानकारी दिए ।

शतप्रतिशत शुद्ध शाकाहारी फ्रेन्चाइज गणगोरमो शुद्ध घिउबाट बनेको मिठाई पाइनेछ । कोलकत्ताका प्रसिद्ध ८० प्रकारका मिठाई, २० प्रकारको निम्किन, ड्राइफुड, इटालियन कफी ‘बस्स्तिा’, बिहानको खाजा, लन्च, डिनर, दिउसोको हाईटी, र ‘बार’ को पनि व्यवस्था छ । उक्त फ्रेन्चाइज सन्चालनमा ल्याउन ५ करोड रुपैया लगानी भएका शर्मा बताउँछन् ।

gangaur_sweets

 

गणगोर फुड्स एण्ड सर्भिसेजमा ३० जना अट्ने कनफ्रेन्स हल, १ सय जनासम्म अट्ने बर्थडे हल समेत रहेको छ । उपत्यका बाहिरबाट आएर बिवाह, ब्रतबन्ध आदीका लागी डिलक्स रुमकोे व्यवस्था गरिएको कम्पनीले जानकारी दिएको छ

कम्पनीले बैकका कर्मचारीलाई सहुलियत मूल्यमा खाजा उपलब्ध गराउने भएको छ । साथै माता तिर्थ औशीको अवसर पारी बैशाख १२ र १३ गते मिठाइलगायतमा १० प्रतिशत छुटको व्यवस्था गरिएको छ भने पचियपत्र सहित आफै आउने पत्रकारलाई २० प्रतिशत छुट दिइने कम्पनीले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL