Logo

१ हजार ८५ सोलार वत्ती जडानको प्रक्रिया अघि बढ्यो, महानगर र विके ट्रेडर्सवीच सम्झौता

१ हजार ८५ सोलार वत्ती जडानको प्रक्रिया अघि बढ्यो, महानगर र विके ट्रेडर्सवीच सम्झौता


बिजखबर संवाददाता
0
Shares

काठमाडौं महानगरपालिका भित्र १ हजार ८५ पोलमा सौर्य बत्ती जडानको प्रक्रिया अघि बढेको छ । बुधवार काठमाडौं महानगरपालिका र सोका लागि जिम्मा पाएको विके ट्रेडर्सवीच सौर्य बत्ती जडान सम्वन्धमा सम्झौता भएसँगै प्रक्रिया अघि बढेको हो ।

सम्झौतापत्रमा महानरपालिकाका प्रमुख कार्यकारी निर्देशक रुद्ध्रसिंह तामाङ र विके ट्रेडर्स सप्लायर्सका रञ्जनराज श्रीवास्तवले हस्ताक्षर गरे ।
सम्झौता अनुसार कमपनीले १ बर्षभीत्र महानगरका विभिन्न क्षेत्रमा सोलार जडान गर्ने छ । सोलार जडानका लागि १५ ओटा कम्पनीले आवेदन दिएकोमा विके ट्रेडर्स छानिएको हो ।

महानगरपालिकाले आगामी १ बर्षभित्र उपत्यकाका प्रमुख शहरमा सार्वजनिक निजी साझेदारी अवधारणा अन्तर्गत सोलार बत्ती जडान गर्न लागेको हो । काठमाडौंका मूख्य सडकहरुलाई उज्यालो बनाउने उद्देश्यका साथ यो कार्यक्रम अगाडी बढाइएको तामाङले जानकारी दिए । यसमा जनताले विना लगानी सौर्य बत्तीको सुविधा पाउने बताइएको छ ।
rudra

सौर्य बत्ती जडानका लागि महानगरले ३ छुट्टा छुट्टै खण्ड पहिचान गरेको छ । जसअनुसार कलंकी देखि माइतिघर, केशरमहल चोक देखि ठमेल, क्षेत्रपाटी हुँदै सोह्रखुट्टेसम्म सोलार राखिने छ । त्यस्तै सोह्रखुट्टेबाट बालाजु र नयाँ बसपार्कमा गरी पहिलो खण्डमा ४ सय पोल गाडिने छ । त्यस्तै दोश्रो खण्डमा दरवारमार्गदेखि काठमाडौं प्लाजा, कृष्ण पाउरोटी तथा गौशालामा सोलार राखिने छ । त्यस्तै ज्ञानेश्वर देखि मैतीदेखि ,बत्तीसपुतली र मैतीदेखि (दिल्लीबजार पुतलीसडकमा जोडिने बताइएको छ । सो खण्डमा ३ सय ओटा सौर्य बत्ती जडान गरिने बताइएको छ ।

महानगरले पहिचान गरेको तेस्रो जोनमा ३ सय ८५ पोल राखिने छ । सो खण्ड अन्तर्गत पुरानो बानेश्वर, रत्नराज्य स्कुल हुँदै संखमुल पुलसम्म, तिनकुने कोटेश्वरहुँदै नरेफाँट र पुरानो बानेश्वर, भिमशेनगोला हुँदै सिनामंगल चोकसम्म सौर्य बत्ती जडान गरिने छ ।

एउटा पोलका लागि १ लाख ५० हजार रुपैयाँ लाग्ने महानगरका खरिद इकाई प्रमुख दिपक अधिकारीले जानकारी दिए । सोलार जडानका लागि आवश्यक पूर्वाधार तथा लागत सम्वन्धित कम्पनीले नै वेहोर्ने छ । विके ट्रेडर्सले सोलारको पोलमा विज्ञापन राखेर आम्दानी गर्ने छ । उसले सोलार पोलमा अन्य कम्पनीलाई विज्ञापन राख्न दिन्छ र सो विज्ञापन राखेबापत पैसा लिएर आम्दानी गर्छ । पोलमा राखिने विज्ञापनको बोर्ड ग्लोसाइन बोर्ड हुनुपर्ने नियम छ ।

कम्पनीले एउटा पोलको बार्षिक ८ हजार ७ सय रोयल्टी बुझाउनुपर्ने छ । यो बार्षिक रुपमा ५ प्रतिशतका दरले बढ्दै जाने बताइएको छ । त्यस्तै विज्ञापनको कर पनि कम्पनीले महानगरलाई बार्षिक रुपमा बुझाउनु पर्ने नियम छ । स्वीकृति भएको प्रस्तावले १ बर्षको निर्माण अवधिबाहेक १० बर्षपछि सो सोलार, व्याट्रि तथा विज्ञापन स्वतः महानगरपालिकाको हुने छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL