सीपीएलमा सन्दीपको मूल्य महँगा खेलाडीको सूचीमा, एक करोड बढी मूल्यमा भए अनुबन्धित

sandeep

काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अहिलेसम्मकै धेरै रकममा क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा अनुबन्धित भएका छन् । आउदो सिजनकालागि सन्दीपलाई जमैका तलावाजले एक लाख ३० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो । क्रिक इन्फोका अनुसार सन्दीपसँग जमैका तलावाजले एक लाख ३० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो ।

यो सिजनको सिपिएल आउदो अगस्ट १८ देखि सेप्टेम्बर १० सम्म हुने कार्यक्रम छ । कोरोना भाइरसको संकटका कारण यो सिजनको खेल सरकारको अनुमतिमा दर्शकविहीन बन्द रंगशालामा हुनेछ । सन्दीपले सिपिएल खेल्न लागेको यो तेस्रो सिजन हो । अघिल्ला सिजनमा सन्दीपले सेन्ट किट्स एन्ड नाभिस प्याट्रियट्स र बार्बाडोस ट्राइडेन्सबाट खेलिसकेका छन् ।

Tansen-Webbanner-(200x200)-pxl
bajaj_bizkhabar

सन्दीपले सिपिएलको पहिलो सिजनमा ५ हजार अमेरिकी डलर र दोस्रो सिजनमा ७० हजार अमेरिकी डलरमा खेलेका थिए । यस सिजन सन्दीपको टिम जमैका तल्लावाहमा चर्चित क्रिकेटरहरु आन्द्रे रसेल, कार्लोस ब्रेथवेट, ओशाने थोमस जस्ता खेलाडी रहेका छन् भने सन्दीपको टिमको कप्तान रोभमान पावेल रहेका छन् ।


फेसबूक कमेन्ट गर्नुहोस्

Social Media Auto Publish Powered By : XYZScripts.com
DMCA.com Protection Status