Logo

कोरोनाको सबैभन्दा खतरापूर्ण रुप, लक्षण नै नदेखिने ‘ह्याप्पी हाईपोक्सीया’ले मृत्यु हुने क्रम बढ्यो

कोरोनाको सबैभन्दा खतरापूर्ण रुप, लक्षण नै नदेखिने ‘ह्याप्पी हाईपोक्सीया’ले मृत्यु हुने क्रम बढ्यो



काठमाडौं । भारतको पालीस्थित २५ बर्षिय युवाको मृत्युपश्चात डाक्टरहरु अच्चम्मित भए । यस्तै घटना भारतको जैपुरमा पनि घट्यो । जहाँ एक २४ बर्षिय युवकको पनि यसरी नै मृत्यु भयो जसको घर अस्पतालभन्दा १० मिनेटमात्रै टाढा छ । साथै दिल्ली गेटस्थित एक १७ बर्षिय किशोरीको पनि कोरोनाकै कारण एक्कासी मृत्यु भयो । जो केहीदिन अघि मात्रै उक्त क्षेत्रमा बसोबास गर्न पुगेकि थिईन ।

laxmi

यी सबै घटनालाई हेर्दा उनिहरुको मृत्यु छातीमा जोर पर्नुका साथै स्वासप्रश्वासमा समस्या आउँदा भएको हो । तर डाक्टरहरु पनि कोरोना संक्रमण पाजेटिभ देखिएका युबाहरु ‘ह्याप्पी हाईपोक्सीया’का कारण ज्यान गुमाईरहेकाले अच्चम्ममा छन् । मानिसहरु यसका कारण आफु बीरामी छु भन्ने थाहा नहुँदै मृत्यु हुने गरेको छ । मानिसहरु आफुलाई बिरामी छु नठान्दै उनीहरुको मृत्यु भएपछि त्यस्ता लक्षण देखिएका व्यक्तिको उपचारको पनि सम्भावना कम हुने डाक्टरहरुले जानकारी दिएका छन् ।

यस्तै लक्षण नेपालमा पनि देखिन थालेको छ । आईतबार बाँकेमा कोरोनाको कारण मृत्यु भएका युवकको पनि त्यस्तै लक्षणका कारण कोरोनाबाट निधन भएको आशंका गरिएको छ । उनको पनि एक्कासी निधन भएपछि उक्त आशंका गरिएको हो । ह्याप्पी हाईपोक्सीयाका कारण मानव शरिरमा एक्कासी अक्सिजनको कमी आई मानिस मर्ने अवस्था आउँछ ।

माथि विश्लेषण गरिएका बिरामीहरुको अवस्था पनि त्यस्तै छ । उनीहरुलाई पनि कोरोना संक्रमण देखिएको त थियो तर उनीहरुलाई अस्पताल ल्याउँदाल्याउँदै बाटोमै मृत्यु भएको थियो । डाक्टरले उनीहरुको मृत्यु रगतमा अक्सिजनको कमीका कारण भएको दावी गरेका छन् ।

भारतका धेरै डाक्टरहरु यसका लागि चिन्तामा छन् । यो रोग भारतका विभिन्न स्थानमा फैलँदो छ । गत बिहीबार मात्रै १३ बर्षकी एक स्वस्थ्य किशोरीको एकाएक अचानक मृत्यु भयो । उनलाई कोरोना संक्रमण पनि भएको थिएन । तर मृत्युपश्चात जाँच गर्दा भने उनीमा कोरोना पोजेटिभ देखियो ।

यस्तै समस्या भारतकै एसएमएस अस्पतालमा पनि फैलिएको छ । पछिल्लो समय उक्त अस्पतालमा समेत १५ भन्दा बढी बिरामी यसैसँग आधारित आएका छन् । एक्कासी बिरामीको मृत्यु हुने र मृत्युपछि परीक्षण गर्दा कोरोना पेजेटिभ देखिने गरेको छ । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
MBL