Logo

मोटर्स कम्पनी जिएमले कारखाना बन्द गर्दै, ३ हजारको रोजगारी धरापमा

मोटर्स कम्पनी जिएमले कारखाना बन्द गर्दै, ३ हजारको रोजगारी धरापमा



काठमाडौं । जेनेरल मोटर्स (जिएम) ले क्यानाडाको ओशावामा रहेको आफ्नो मोटर उत्पादन कारखाना बन्द गर्ने भएको छ । क्यानाडेली टेलिभिजन च्यानल सीटीभीका अनुसार उक्त कारखाना बन्द हुँदा करिब ३ हजार कामदारको रोजगारी गुम्नेछ ।

च्यानलले धेरैवटा अज्ञात स्रोतको भनाई उद्धृत गर्दै जिएमका कारखाना पुनर्संरचना गर्ने योजनामा ओशावाको कारखाना समेत रहेको जनाएको छ ।

टोरन्टोबाट उत्तरपूर्व करिब ६० किलोमिटर टाढा रहेको ओशावा प्लान्ट सन् १९५३ मा स्थापना भएको थियो । यो कारखानामा हाल करिब २ हजार ८ सय जना श्रमिक कार्यरत छन् । यस कारखानामा सेभ्रोलेट र जिएमसी पिकअपका साथै सेभ्रोलेट इम्पाला र क्याडिल्याक सेडानको उत्पादन हुने गर्दछ ।

ओशावाका मेयर जोन हेनरीले यो खबर सत्य नहोस् भन्ने चाहेको जानकारी दिएका छन ।

ओन्टारियो प्रान्तमा जिएमका अरु तीनवटा प्लान्ट छन् । जिएमको नयाँ योजनाबाट यी कारखानामा असर पर्ने वा नपर्ने अझै स्पष्ट भइसकेको छैन ।

गत महिना, कम्पनीले खर्च कटौती गर्न उत्तर अमेरिकाका कारखानामा कार्यरत श्रमिकको संख्या कटौती गर्ने घोषणा गरेको छ । यो योजनाबाट अमेरिका, क्यानाडा र मेक्सिकोका कारखानामा कार्यरत करिब ५० हजार श्रमिक प्रभावित हुनेछन् । यीमध्ये करिब १८ हजार अर्थात् करिब ३६ प्रतिशतको रोजगारी गुम्नेछ ।

पहिलो चौमासिकमा जिएमको आय २ अर्ब ५० करोड डलर थियो । अमेरिकी करवृद्धि र बिक्रीमा आएको मन्दीका कारण कम्पनीको आयमा नकारात्मक प्रभाव परेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL