कोरोना कहर : विश्वभर कोरोना संक्रमितको संख्या ४८ लाख नाघ्यो, ३ लाख १७ हजारको मृत्यु

नेपालमा कोरोनाबाट दोस्रो मृत्यु, स्वास्थ्य मन्त्रालयले गर्यो पुष्टि

काठमाडौं, जेठ ५ । कोरोना भाइरसको संक्रमणका कारण विश्वभरमा ज्यान गुमाउनको संख्या ३ लाख १७ हजार १ सय ७४ पुगेको छ ।

करिब ४८ लाख संक्रमित मध्ये १८ लाख ६८ हजार ५ सय ३२ भन्दा बढी मानिस उपचारपछि घर फर्किएका छन् ।

अमेरिकामा संक्रमित १५ लाख २८ हजार मध्ये ९० हजार ९ सय ८८ जनाको मृत्यु भएको छ । बेलायतमा ३४ हजार ६ सय ३६ जनाको कोरोना संक्रमणका कारण ज्यान गइसकेको छ भने संक्रमितको संख्या २ लाख ४३ हजार ६ सय ९५ पुगेको छ ।

इटलीमा ३१ हजार ९ सय ८ जनाको कोरोना संक्रमणले मृत्यु हुँदा फ्रान्समा २८ हजार १ सय ८, स्पेनमा २७ हजार ६ सय ५० को ज्यान गएको छ । एजेन्सी


फेसबूक कमेन्ट गर्नुहोस्

DMCA.com Protection Status