Logo

कतार एयर र ईन्डीगो एयरबीच कोडसेयर सम्झौता

कतार एयर र ईन्डीगो एयरबीच कोडसेयर सम्झौता



काठमाडौं । कतार एयरलाईन्स र भारतको ईन्डीगो एयरबीच कोडसेयर सम्झौता भएको छ । बिहीबार एक कार्यक्रमका बीच आउने डिसेम्बर १८ देखि लागु हुनेगरी २ कम्पनीले कोड सेयर सम्झौता गरेका हुन ।

उक्त सम्झौतापछि कतार एयरलाईन्सको कोड ईन्डीगो एयरलाईन्सको दोहा र दिल्ली, मुम्बई र हैदरावाद उडानमा हुनेछ । सोही अनुसार विश्वकै अग्रणी र भारतकै कम लागतको एयरलाईन्सबीचको सम्बन्ध झ सुदृढ हुने कतार एयरलाईन्सले जानकारी दिएको छ ।

कोडसेयर सम्झौतामा ईन्डीगो एयरका प्रमुख कार्यकारी अधिकृत रोनोजोय दत्त र कतार एयरवेज ग्रुपका प्रमुख कार्यकारी अकबर अल बेकरले हस्ताक्षर गरेका हुन । कतार एयरले हाल दोहा र भारतको विभिन्न १३ स्थानमा हप्तामा १ सय २ उडान भर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL