Logo

सानिमा जीवन श्री योजना सार्वजनिक, न्यूनतम बीमाङ्क ५ लाख

सानिमा जीवन श्री योजना सार्वजनिक, न्यूनतम बीमाङ्क ५ लाख



काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्सले ‘सानिमा जीवन श्री’ योजना सार्वजनिक गरेको छ । ग्राहकलाई मध्यनजर गर्दै ल्याएको सो योजनामा सीमित अवधि सम्म बीमा शुल्क भुक्तानी गरी बीमा समाप्ती उमेर सम्म जोखिम वहनको अवसर सदुपयोग गर्न सो योजना ल्याएको हो ।

सो योजनामा न्यूनतम बीमाङ्क ५ लाख रुपैयाँको रहने छ भने अधिकतम बीमाङ्क आयश्रोतको आधारमा निर्धारण गरिनेछ । यो योजनामा १६ वर्ष देखि ६० वर्ष उमेर समुहका ब्यक्तिहरु सहभागि हुन पाउने कम्पनीले जानकारी दिएको छ ।

न्यूनतम बीमा अवधि १० वर्ष र अधिकतम बीमा अवधि २५ वर्षको हुनेछ । बीमा शुल्क भुक्तानी अवधि भने ६,१०,१५ र १८ वर्ष कायम गरिएको छ । त्यस्तै बीमा अबधि भने १०, १५, २० र २५ बर्ष निर्धारण गरिएको छ ।

योजना अन्तरर्गत जीवन बीमा गर्दा पुरा बीमा अबधिको लागि प्रतिहजार बीमाङ्कमा ७० रुपैयाँ वोनस ग्यारेन्टी गरिएको कम्पनीले जानकारी दिएको छ ।

त्यस्तै इन्स्योरेन्सले बीमा समाप्ती मिति सम्म वीमित जीवीत रहेमा बीमालेखेको शर्तको अधिनमा रही प्रत्येक बर्ष प्रतिहजार बीमाङ्कको ७० रुपैयाँका दरले पुरा बीमा अवधिको वोनस एक मुष्ट प्रदान गरिनेछ ।

यदी बीमितको मृत्युभएमा प्रत्येक वर्ष प्रतिहजार बीमाङ्कको ७० रुपैयाँका दरले ग्यारेण्टी वोनस समेत एक मुष्ट प्रदान गरिने भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL