Logo

कम्पनीमार्फत जनकपुर–जयनगर रेल सन्चालन हुने, डिब्बाको रङ्गरोगन भने अझै टुङ्गिएन

कम्पनीमार्फत जनकपुर–जयनगर रेल सन्चालन हुने, डिब्बाको रङ्गरोगन भने अझै टुङ्गिएन



काठमाडौं । लामो समयदेखी अन्यौलमा रहेको जयनगर–जनकपुर रेलवे सेवा कम्पनीमार्फत संचालन हुने भएको छ । विभागका महानिर्देशक बलराम मिश्रले उक्त रेलमार्गमा कम्पनीमार्फत रेल संचालन गर्ने टुङ्गो लागेको जानकारी दिएका हुन ।

laxmi

सबै तयारी तिब्र गतीमा भईरहेको छ । उनले भने, ‘नेपालमा कसरी रेल संचालन गर्न सकिन्छ भन्ने विषय भर्खरै टुङ्गिएको छ ।’ सोमबार प्रधानमन्त्री कार्यालयमा बसेको बैठकले मोडालिटी तय गरेको उनले बताए ।

यस अघि पनि नेपाल रेलवे कम्पनी मार्फत नै रेल संचालन भए पनि कुनै नीतिनियम नभएकाले अवको दिनमा भने रेलकम्पनीको आफ्नै नीतिनियम बनाएर अघि बढ्ने भएको छ । उनका अनुसार अबको ३ महिना भित्रमा सो ब्रोडगेज रेलमार्गमा रेलसेवा सुचारु हुने छ । कहिले भाडामा त कहिले आफैंले रेल खरिद गरेर संचालन गर्ने भनिएको उक्त रेलमार्गमा अब भने नेपालको आफ्नै रेल गुडने भएको हो ।

भारतीय कम्पनीले उक्त रेलमार्गमा चल्ने रेल अहिले तिब्र गतिमा निर्माण गरिरहेको छ । उक्त रेलको निर्माणकार्य करिब अन्तिम चरणमा रहेको भन्दै रेल विभागले अवको ३ महिना भित्रमा सो रेल मार्गमा रेल संचालनमा ल्याउन सकिने जानकारी दिएको हो ।

विभागका महानिर्देशक मिश्रका अनुसार हाल उक्त रेलको डिब्बामा रङरोगनको लागि भारतीय पक्षले आफुहरुलाई पत्रपठाई सकेको जानकारी दिएका छन । उनका अनुसार केही समय अगाडी नेपालको जयनगर–जनकपुर रेलमार्गमा चल्ने रेलको डिब्बामा कुन रङ लगाउने कुन फिचर राख्ने भनेर भारतीय रेल कम्पनीले पत्र पठाएको हो ।

तर नेपाली पक्षले भने अहिलेनै कुन रङ लगाउने भनेर कुनै प्रतिकृया भने नदिएको विभागले जानकारी दिएको छ । विभागका अनुसार अहिले रेल निर्माणको चरणमा रहेकाले केही समय पछिमात्रै रङरोगनको लागि पत्र पठाउने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL