Logo

भ्युटावर निर्माणको अध्ययन गर्न परामर्शदाता ल्याउँदै कामपा, पुरानो निर्माण कम्पनीले जिम्मा पाउने सम्भावना न्युन

भ्युटावर निर्माणको अध्ययन गर्न परामर्शदाता ल्याउँदै कामपा, पुरानो निर्माण कम्पनीले जिम्मा पाउने सम्भावना न्युन



काठमाडौं । काठमाडौं भ्यु टावर निर्माणको काममा अपेक्षा अनुसार प्रगति नभउपछि कामपाले त्यसको अध्ययन गर्न एक परामर्शदाता कम्पनी ल्याउने भएको छ । निर्माण कम्पनी जलेस्वर स्वच्छन्द विकोईले भने अनुसार कामको प्रगती गर्न नसकेको जनगुनासो आएपछि उक्त अध्ययनका लागि कामपाले परामर्शदाता कम्पनी ल्याउने भएको हो ।

laxmi

कामपाले ल्याएको परामर्शदाता कम्पनीले उक्त भ्युटावर अध्ययन गरी हालसम्मको कामको प्रगति, कामको गुणस्तर कामको रफ्तार लगायतको रिपोर्ट कामपालाई दिनेछ । उक्त रिपोर्टको आधारमा हालकै निर्माण कम्पनीलाई उक्त काम तिव्र गर्न निर्देशन दिने या नयाँ निर्माण कम्पनीलाई जिम्मा दिने भन्नेमा निर्णय गरिने कामपाका प्रवक्ता ईैश्वरमान डंगालले जानकारी दिए । उनका अनुसार कामपाले कामको मूल्याङ्कन हेरेर नयाँ परामर्शदाता कम्पनी भित्र्याउन लागेको हो ।

कामपाले ल्याउन लागेको उक्त परामर्शदाताले दिएको रिपोर्टका आधारमा पनि स्वच्छन्द विकोईले नै उक्त कामको जिम्मेवारी पाउनेमा शंका उत्पन्न भईरहेको सरोकारवालाहरुको भनाई छ । निर्माण कम्पनी स्वच्छन्द विकोईले उक्त भ्युटावरको काम हालसम्म ६० प्रतिशत सम्पन्न गरिसक्नुपर्नेमा फाउन्डेसनको काम मात्रै केही रुपमा सम्पन्न भएको जानकारी दिएको छ । निर्माण कम्पनीले २०७३ साउनबाट निर्माण सुरु गरेको थियो । तर हालसम्म जम्मा फाउन्डेशनको बाहेक काम भएको छैन । तसर्थ परामर्श दाताको प्रतिवेदनमा पनि सोही अनुसारको कामको प्रगति नभएको प्रतिवेदन आउँदा कामपा पनि नयाँ निर्माण कम्पनी भित्र्याउन वाध्य हुने देखिएको छ ।

निर्माण कम्पनीसँग भएको सम्झौतानुसार ती कम्पनीले आफ्नो लगानीमा भवन बनाएर ३० वर्षसम्म चलाउन पाउनेछन् । उक्त कम्पनीले वार्षिक ९८ लाख रुपैयाँ कर कामपालाई बुझाउँदै आएको छ । गोरखा भूकम्पपूर्वको योजना भ्युटावर २९ तला बनाउने थियो । भूकम्पपछि भवन निर्माणको मापदण्ड फेरबदल भएकाले भवन पूर्णरूपमा भूकम्प प्रतिरोधात्मक बनाउनुपर्नेछ । भ्युटावर निर्माणको लागत ३ अर्ब ५० करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ ।

भ्युटावरको सबैभन्दा तल्लो तलामा बसको पार्किङस्थल रहनेछ । त्यसको माथि दोस्रो तलामा हलुका गाडीको पार्किङस्थल, व्यवस्थित चलचित्रघर, पौडी पोखरी, खाजाघर, बैंक तथा महानगरपालिकाको वडा कार्यालयसमेत रहनेछन् । भ्युटावरका लागि २३ रोपनी ५ आना जग्गा छुट्याइएको छ । कामपाले गत यही बैशाखमा मात्रै स्वच्छन्द विकोईका लागि भ्युटावर निर्माण सम्पन्न गर्ने कामको १ बर्ष म्याद थपेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL