Logo

सरकारले राख्यो ५ ठेकेदार कम्पनीलाई कालोसुचीमा, कालोसुचिको म्याद २ बर्ष र १ बर्ष

सरकारले राख्यो ५ ठेकेदार कम्पनीलाई कालोसुचीमा, कालोसुचिको म्याद २ बर्ष र १ बर्ष



काठमाडौं । सरकारले सार्वजनिक खरिद अनुगमन नियम विपरित काम गरेको भन्दै विभिन्न ५ ठेकेदार कम्पनीलाई कालो सुचीमा राखेको छ । सोमबार विभिन्न सुचना जारी गर्दै सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न जिल्लामा ठेक्का ओगट्ने तर काम गुणस्तरिय र समयमै नगर्ने उक्त ५ ठेकेदार कम्पनीलाई कालोसुचीमा राखेको हो ।

laxmi

कार्यालयले सोमबार देखी लागु हुनेगरी जीएम कन्स्ट्रक्सन र द कञ्चनजंघा लामा विल्डर्स जेभी लाई आगामी सन २०२१ कार्तिक सम्मका लागि तथा अन्य ३ कम्पनीलाई सन २०२० को कार्तिक सम्मका लागि कालोसुचीमा राखेको हो । कार्यालयले थोदुङ अजम्बर सिवराम जेभी, लोकबीर एण्ड बेताली नेपाल र लोहनी एण्ड ब्रदर थोदुङ सुरुची जेभीलाई सन २०२० सम्मका लागि कालोसुचीमा राखेको हो ।

उक्त कम्पनीहरुले नियमविपरित काम गरेको र तोकिएको समयमा काम फत्ते नगरेको भन्दै कालोसुचीमा राखिएको कार्यालयले जानकारी दिएको छ । कार्यालयका अनुसार कालोसुचीमा राख्नका लागि विभिन्न सरकारी निकायहरुले उक्त कम्पनीहरुलाई कालोसुचीमा राख्नसिफारिस गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्
MBL