Logo

कालिञ्चोक मन्दिर पुनर्निर्माणका लागि ५० लाख बजेट बिनियोजन, बढलान् त पर्यटक !

कालिञ्चोक मन्दिर पुनर्निर्माणका लागि ५० लाख बजेट बिनियोजन, बढलान् त पर्यटक !



काठमाडौं । धार्मिक तथा ऐतिहासिक महत्व बोकेको दोलखाको कालिञ्चोक मन्दिर पुनर्निर्माण हुने भएको छ ।

laxmi

२०७२ सालको भुकम्पमा परि उक्त मन्दिर चर्किएको तथा भत्किएको अवस्थामा रहेको थियो । उक्त मन्दिर पुनर्निनिर्माण गर्नका लागि आर्थिक बर्ष २०७६÷७७ को लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीले जानकारी दिएका छन ।

उनका अनुसार मन्दिर क्षेत्रको संरक्षणका लागि स्थानीय समुदायको आग्रह अनुसार बजेट व्यवस्था गरेका हो । यसबाट मन्दिर क्षेत्रको संरक्षणका लागि विशेष सहयोग पुग्नुका साथै पर्यटकको आगमन समेत बढने प्राधिकरणको विश्वास रहेको छ ।

साथै उक्त क्षेत्र पर्यटकीय हिसावले पनि महत्वपूर्ण मानिन्छ । दोलखाको कालिञ्चोक, भिमेश्वर, शैलुङलगायतका क्षेत्र धार्मिक पर्यटकिय क्षेत्रले महत्वपूर्ण मानिन्छन । कालिञ्चोक मन्दिर पुग्नकै लागि अहिले सो क्षेत्रमा केबुलकारको समेत निर्माण गरिएको छ ।

कालिञ्चोकको आधार क्षेत्र मानिने कुरी बजार देखी मन्दिरसम्मको लागि पैदल यात्रीलाई १ घण्टाको समय लागे पनि अहिले केवलकारको प्रयोग पछि ४ मिनेट भित्रै मन्दिर पुग्न सक्नेछन ।

प्रतिक्रिया दिनुहोस्
MBL