Logo

छुट तथा पुनःजाँच सर्वेक्षणको समय थप, असार १५ सम्म फारम भर्न पाईने

छुट तथा पुनःजाँच सर्वेक्षणको समय थप, असार १५ सम्म फारम भर्न पाईने



काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले छुट तथा पुनःजाँच सर्वेक्षणको समय थप गरेको छ । छुट तथा पुनःजाँच सर्वेक्षण अन्तर्गत स्थलगत लगत संकलनको कार्य असार १५ गतेसम्म थप गरेको प्राधिकरणले जानकारी दिएको छ ।

laxmi

यसअघि जेठ मसान्तसम्म सर्वेक्षण गरिने तय भएको भए पनि सबै जिल्लामा लगत संकलन कार्य सम्पन्न हुन नसकेकाले १५ दिन म्याद थप गरेको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले जानकारी दिएका छन ।

सहप्रवक्ता घिमिरेका अनुसार जेठ मसान्त सम्म अन्तिम समय भए पनि भूकम्प पीडितहरुलाई ध्यानमा राखी १५ दिन म्याद थप गरिएको हो । प्राधिकरणका अनुसार २०७६ जेठ मसान्तभित्र दर्ता गरी कार्यविधिअनुसार सिफारिस प्राप्त भएका गुनासाहरुको सर्वेक्षणका लागि समय थप गरिएको हो ।

हालसम्म प्राधिकरणको केन्द्रीय सूचना प्रणालीमा जिल्लाहरुबाट ६० हजार गुनासोकर्ताको विवरण प्राप्त भएको छ । प्राधिकरणले यस समयावधिभित्र आआफ्नो क्षेत्रमा खटिएका प्राविधिकहरुमार्फत् लगत संकलन कार्य गराउन सबै गुनासोकर्तालाई आग्रह गरेको छ ।

वास्तविक पीडितहरुको यथार्थपरक लगत संकलन कार्यमा सहयोग गर्न र वैकल्पिक बासको व्यवस्था भएकाहरुलाई सर्वेक्षणमा समावेश नगर्न भूकम्प प्रभावित स्थानीय तहका पदाधिकारीहरुलाई समेत प्राधिकरणले अनुरोध गरेको छ । प्राधिकरणले गैरपीडितलाई सिफारिस गरिएको पाइएमा सिफारिसकर्तालाई समेत कार्वाही हुने जानकारी दिएको छ ।

निजी आवास पुनर्निर्माण लाभग्राहीमा सूचीकृत हुन पाउँ भनी गुनासो दर्ता गराई गुनासो सम्बोधन अन्तर्गत पहिलेको मुख्य सर्वेक्षणमा छुट भएका गुनासोकर्ताहरु, सर्वेक्षणबाट थप यकिन गर्नु पर्ने भनी तोकिएका गुनासोकर्ताहरुको हकमा मात्र सर्वेक्षण भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL