Logo

भुकम्प पछि ४ हजार विद्यालय पुनर्निर्माण सम्पन्न, २ हजार ४३ विद्यालय निर्माणाधिन अवस्थामा

भुकम्प पछि ४ हजार विद्यालय पुनर्निर्माण सम्पन्न, २ हजार ४३ विद्यालय निर्माणाधिन अवस्थामा



काठमाडौं । २०७२ सालमा गएको विनाशकारी भूकम्पमा परी क्षतिग्रस्त भएकामध्ये हालसम्म ४ हजार १ सय ९० विद्यालय पुनर्निर्माण भएका छन् । पुनर्निर्माण भएकामध्ये विद्यालय व्यवस्थापन समितिमार्फत ३ हजार ३ सय ६८, निर्माण व्यवसायीमार्फत ६४ र गैरसरकारी क्षेत्रमार्फत ७ सय ५८ विद्यालय निर्माण भएका हुन् ।

laxmi

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण परियोजना कार्यान्वयन एकाइ (शिक्षा)का वरिष्ठ इञ्जिनियर उद्धव नेपालले विद्यालय व्यवस्थापन समितिमार्फत १ हजार ४ सय ३७, निर्माण व्यवसायीमार्फत ३ सय १४ र गैरसरकारी क्षेत्रबाट २ सय ९२ विद्यालय गरी कूल २ हजार ४३ विद्यालय निर्माणाधीन अवस्थामा रहेको जानकारी दिएका छन ।

प्राधिकरण परियोजना कार्यान्वयन एकाइ (शिक्षा) र शिक्षा पत्रकार समूहको आयोजनामा काभ्रेको धुलिखेलमा आयोजित छलफल कार्यक्रममा नेपालले काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली, ओखलढुङ्गा, काठमाडौं र भक्तपुरमा एशियाली विकास बैंक (एडिबी), अमेरिकी सहयोग संस्था युएसएड र नेपाल सरकारको ९ अर्ब ६ करोड रुपैयाँ बजेटमा १५४ विद्यालय निर्माण गर्ने लक्ष्य रहेकामा ४१ विद्यालय निर्माण सम्पन्न भएका र ११३ विद्यालय अझै निर्माण हुन बाँकी रहेको छ ।

जापान सरकार र नेपाल सरकारको (१२ प्रतिशत)को बजेटमा दोलखा, रामेछाप, गोरखा, धादिङ, ललितपुर, नुवाकोट, रसुवा र मकवानपुरमा सबै विद्यालयको ६६ प्रतिशत काम सम्पन्न भएको छ ।

परियोजना कार्यान्वयन एकाइ काभ्रे कार्यालयका वरिष्ठ अधिकारी निर्मल घिमेरेले आपत्कालीन विद्यालय पुनर्निर्माण आयोजनाअन्तरगत ललितपुर, गोरखा, धादिङ, रसुवा, नुवाकोट र मकवानपुरका २३६ विद्यालय नेपाल सरकार र जापानी सहयोग संस्था जाइकाको ऋण सहयोग गरी १४ अर्ब रुपैयाँमा र नेपाल सरकारको बजेट स्रोतमा सञ्चालन गर्दै आएकामा हालसम्म ४१ प्रतिशत विद्यालय निर्माण भएको जानकारी दिएका छन ।

घिमिरेले काभ्रे जिल्लाकोे कूल विद्यालय संख्या ६९० रहेको, त्यसमध्ये सामुदायिक विद्यालय ५८७ र संस्थागत विद्यालय १०३ रहेको जानकारी दिँदै विनाशकारी भूकम्पले अधिकांश सामुदायिक विद्यालयका भवन पूर्ण क्षति भएको बताए ।

काभ्रे जिल्लामा कक्षाकोठा संख्या ५ हजार २१० रहेकामा पूर्णक्षति कक्षाकोठा संख्या ९५४, अधिकक्षति कक्षाकोठा संख्या ९१४, सामान्य क्षति कक्षाकोठा संख्या १ हजार ४८३ र क्षति नभएको कक्षाकोठा १ हजार ८५९ भएको जानकारी दिएका छन /रासस

प्रतिक्रिया दिनुहोस्
MBL