Logo

मेलम्ची खानेपानी आयोजना अघि नबढ्ने संकेत, पुनरावेदन अदालतमा छलफल हुँदै

मेलम्ची खानेपानी आयोजना अघि नबढ्ने संकेत, पुनरावेदन अदालतमा छलफल हुँदै



काठमाडौं । इटालियन कम्पनी सिएमसीले काम छोडेको करिब १० दिन पछि पुनरावेदन अदालत पाटनमा आज छलफल हुने भएको छ ।
खानेपानी मन्त्रालयका प्रवक्ता शंकर सुवेदीका अनुसार बुधबार पुनरावेदन अदालत पाटनमा छलफल भए पछि मात्रै अघि बढ्ने या नबढ्ने टुङ्गो लाग्नेछन ।

करिब १० दिन देखी रोकेको काम अझै पनि अघि बढनेमा अनिश्चित रहेको प्रवक्ता सुवेदीले बताएका छन। सरकारले करिव ३ अर्ब रुपैयाँ बराबरको धरौटी जफत गर्ने भएपछि उक्त कम्पनीको ठेकेदार काममा फर्कने बताए पनि अझै टुङ्गो भने लागि नसकेको सुवेदीको भनाई रहेको छ ।

कम्पनीले स्ट्याण्डर्ड चार्टर्ड बैंक र नेपाल इन्भेष्टमेण्ट बैंकमा राखेको ३ अर्ब रुपैयाँ धरौटी जफत गरी आफ्नै ढंगले मेलम्ची अघि बढाउने निर्णय गरेपछि ठेकेदार काममा फर्कन भएको मन्त्रालयले जानकारी दिएको थियो । तर बुधबार पुनरावेदन अदालतमा छलफल भए पछि मात्रै ठेकेदार काममा फर्कने या नफर्कने टुङ्गो लाग्नेछ सुवेदीले भने ।

कम्पनीले भने आफ्नो क्षतिपूर्ति सरकारले नदिएसम्म काम सुचारु नगर्ने भन्दै काम छोडेको थियो । सरकारले कम्पनीको धरौटी जफत गरे पछि उक्त जफत गरिएको रकम फिर्ता पाउँ भन्दै पुनरावेदन अदालतमा रिट दायर गरेको थियो ।

आज हुने छलफलमा सम्भवत अदालतले धरौटि फिर्ता गरे पनि काम भने केही दिन पछि मात्रै संचालनमा आउने मन्त्रालयले जानकारी दिएको छ । अहिले ठेकेदार क्रिसमस मनाउन गएकाले काम सुचारु गर्न केही ढिलाई हुने भएको हो ।

आयोजना निर्माणका प्रोजेक्ट म्यानेजर क्रिश्चियानो ग्रेचोसहित ८ जनाको टोली पुस १ गतेनै भाग्ने तयारीमा रहेको थियो । तर प्रहरीले उनिहरुलाई पक्राउ गरी खानेपानी मन्त्रालयमा बुझाएको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL