Logo

निर्माता कम्पनी भाग्न लागेपछि मेलम्चीको जिम्मा अर्कैलाई दिने तयारी, सिएमसीसँग मन्त्रालयमा छलफल हुँदै

निर्माता कम्पनी भाग्न लागेपछि मेलम्चीको जिम्मा अर्कैलाई दिने तयारी, सिएमसीसँग मन्त्रालयमा छलफल हुँदै



काठमाडौं । सरकार र इटालियन कम्पनी सिएमसीबीच खानेपानी मन्त्रालयमा छलफल भईरहेको छ । आयोजनालाई सम्पन्न नगरी निर्माता कम्पनी ‘सिएमसी डि रभेन्ना’ भाग्न लागेपछि पक्राउ गरी आयोजनालाई कसरी अघि बढाउने भन्ने विषयमा छलफल भइरहेको छ ।

इटालियन कम्पनी ‘सिएमसी डि रभेन्ना’का कर्मचारी र सरकारबीच आयोजनालाई कसरी अगाडी बढाउने भन्ने सन्दर्भमा अहिले मन्त्रालयमा छलफल भईरहेको मन्त्रालयका प्रवक्ता शंकर सुवेदीले जानकारी दिएका हुन ।

कम्पनीका प्रोजेक्ट म्यानेजर क्रिश्चियानो ग्रेचोसहित ८ जनालाई आईतबार राती प्रहरीले पक्राउ गरे पछि आयोजना र मन्त्रालयबीच आज छलफल भइरहेको छ । ग्रेचोसहित ८ जना कर्मचारी कम्पनी डुब्न लागेको भन्दै आइतबार भाग्न खोजे पछि उनिहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।

अहिले मन्त्रालयमा के कसरी अगाडी बढ्ने भन्ने विषयमा छलफल भएको प्रवक्ता सुवेदीले जानकारी दिएको हो । मन्त्रालय पछि नहट्ने र समयमै काठमाडौंबासीलाई मेलम्चीको पानी वितरण गर्न सरकार लागि पर्ने समेत उनले जानकारी दिएका हुन ।

उनका अनुसार मन्त्रालयले आज उनीहरुसँग छलफल गरे पछि अर्कै कम्पनीलाई जिममा दिनेकी भन्नेबारे छलफल भईरहेको छ । ‘उनीहरुको पनि केहीमाग होला,’ उनले भने, ‘स्वभाविक माग भए सरकारले पूरा गरेरै भए पनि समयमै पानी वितरण गर्ने र अस्वभाभिक माग गरेमा अर्कै कम्पनी खेज्नु पर्ने हुन्छ ।’

माग पुरा गर्न सकेको खण्डमा समयमै पानी आउला तर अन्य कम्पनीलाई दिन परेको अवस्थामा समयमै पानी ल्याउन नसकिने उनको भनाई रहेको छ । तर सरकारले उनीहरुको माग पुरा गरी समयमै काम सम्पन्न गर्ने र काठमाडौंबासीलाई मेलम्चीको पानी वितरण गर्ने उनको भनाई छ ।

ग्रेचोसहितको टोली भने कम्पनी डुब्दै गए पछि क्रिसमस मनाउने बहानामा भाग्न खोजेका थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL