Logo

मेलम्ची आयोजना बनाउने कम्पनी डुब्न लाग्दा भाग्न थाले ठेकेदार, ८ कर्मचारी प्रहरीको नियन्त्रणमा

मेलम्ची आयोजना बनाउने कम्पनी डुब्न लाग्दा भाग्न थाले ठेकेदार, ८ कर्मचारी प्रहरीको नियन्त्रणमा



काठमाडौं । मेलम्ची खानेपानी आयोजना निर्माणको ठेक्का लिएको इटालियन कम्पनी सिएमसीको ८ जना कर्मचारीलाई गए राती प्रहरीले पक्राउ गरेको छ ।

आयोजना निर्माणका प्रोजेक्ट म्यानेजर क्रिश्चियानो ग्रेचोसहित ८ जनालाई पक्राउ गरी खानेपानी मन्त्रालयमा बुझाएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार ग्रेचोसहितको टोली कतार एयरमार्फत स्वदेश फर्कन लाग्दा पक्राउ गरी खानेपानी मन्त्रालयलाई बुझाएको हो । कम्पनी डुब्दै गए पछि क्रिसमस मनाउने बहानामा उनिहरु भाग्न खोजेको प्रहरीको अनुसन्धानमा खुलेको छ ।

मन्त्रालयका प्रवक्ता संकर प्रसाद सुवेदीले भने आफूलाई सो विषयमा थाहा नभएको जानकारी दिएका छन । आफु मन्त्रालयमै भए पनि सचिव सँग भेट नभएको भन्दै सो विषयमा आफुलाई जानकारी नभएको बताएका हुन । तर मन्त्रालयको सचिवालयले भने अहिले सोही विषयमा छलफल भईरहेको जानकारी दिएको छ ।

ग्रेचोसहितको टोली भने आयोजना तथा मन्त्रालयलाई थाहानै नदिई भाग्न खोजेको प्रहरी अनुसन्धानमा खूल्न आएको प्रहरीले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL