Logo

२ हप्ताभित्रै नौबिसे–नागढुङ्गा सुरुङमार्गको टेन्डर आह्वान, २ महिनापछि काम सुरु

२ हप्ताभित्रै नौबिसे–नागढुङ्गा सुरुङमार्गको टेन्डर आह्वान, २ महिनापछि काम सुरु



काठमाडौं । नौबिसे–नागढुङ्गा सुरुङमार्गको २ हप्ताभित्रमा ग्लोबल टेन्डर आह्वान गर्न लागिएको छ । सडक विभागले सन् २०२२ को सुरुवातमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको सो सुरुङमार्गको ग्लोबल टेन्डर आह्वान गर्न लागिएको हो ।

जापानी अन्तरराष्ट्रिय सहयोग नियोग जाइकाको ६० दशमलव ६३ बिलियन जापानी ऐन अर्थात १४ करोड १४ लाख डलर ऋण अनुदानमा निर्माण हुने उक्त आयोजनाको अबको २ हप्ताभित्र ग्लोबल टेन्डर आह्वान गरिने सडक विभागका उपमहानिर्देशक सन्जय कुमार श्रेष्ठले जानकारी दिए ।

सो सडक निर्माणका लागि जाइकाले शुन्य ०१ प्रतिशत ब्याजदरमा नेपाल सरकारलाई ऋण उपलब्ध गराएको थियो । ३ लेनको बन्ने भनिएको उक्त सुरुङमार्ग जम्मा २ दशमलव ३५ किलोमिटर लामो हुनेछ ।

लगभग १८ करोड ८१ लाख डलर कूल लागत लाग्ने भनिएको उक्त आयोजनाको लागि जाइकाले मात्रै १४ करोड डलर अनुदान ऋण उपलब्ध गरेको हो । जाइकाले दिएको उक्त ऋण नेपाल सरकारले ४० बर्षभित्रमा तिरिसक्नुपर्नेछ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL