Logo

१४ मेवाकोे घारखोला जलविद्युत आयोजना निर्माण सुरु, ३ बर्षभित्र निर्माण सम्पन्न

१४ मेवाकोे घारखोला जलविद्युत आयोजना निर्माण सुरु, ३ बर्षभित्र निर्माण सम्पन्न



काठमाडौं । म्याग्दीमा १४ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण शुरु भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनाको निर्माण शुरु भएको हो ।

म्याग्दी हाइड्रोपावर प्रालिद्वारा निर्माण हुन लागेको सो आयोजनाले पहुँचमार्ग विस्तारको काम सकेर बाँधस्थल देखि सुरुङ खन्ने तयारी गरेको हो।

घारको विरौटादेखि करीव तीन किलोमिटर पहुँचमार्ग सडक खनेको आयोजनाले सडकको स्तरोन्नतिको कामसँगै निर्माण पूर्वका तयारीलाई तीव्रता दिएको आयोजनाका जनसम्पर्क अधिकृत प्रकाशचन्द्र पौडेलले जानकारी दिए ।

आयोजनाको मुख्य कामका रुपमा हेरिने सुरुङ मार्गमा विष्फोटन कार्यका लागि नेपाली सेनाको क्याम्प राख्न आवास निर्माण भइसकेको छ । ‘सडकबाट प्रभावित अधिकांशलाई मुआब्जा वितरण गरिसकेका छौँ, बाँकी केहीको पनि कागजी प्रक्रिया पुगेपछि उपलब्ध गराउँछौँ, निर्धारित समयमै आयोजनाको निर्माण कार्य सम्पन्न गर्ने गरी काम थाल्छौँ’, पौडेलले भने ।

कुरिला बगरमा बाँध रहने उक्त आयोजनामा विद्युतगृह सम्म पानी खसाल्नका लागि ३ किमी ४८ मिटर लामो सुरुङमार्ग निर्माण गरिनेछ । सुरुङ मार्ग हुँदै ल्याईएको पानीलाई करीव १ हजार २ सय मिटर पेनस्टक पाइपमार्फत पोखरेबगरमा रहने विद्युतगृहमा खसालेर विद्युत उत्पादन हुने आयोजनाले जनाएको छ ।

आगामी ३ वर्षभित्र निर्माण सम्पन्न हुने लक्ष्य रहेको सो आयोजनामा २ अर्ब ४१ करोड रुपैंया लगानी अनुमान गरिएको आयोजनाका इञ्जिनियर जोसेफलाल बज्राचार्यले जानकारी दिए । रासस

 

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL