Logo

दमौली–लेखनाथ प्रशारणलाईन विस्तारलाई जर्मन सरकारको १८१ करोड अनुदान

दमौली–लेखनाथ प्रशारणलाईन विस्तारलाई जर्मन सरकारको १८१ करोड अनुदान


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । जर्मन सरकारले नेपालमा प्रशारणलाईन निर्माणका लागि १५ मिलियन यूरो (१ अर्ब ८१ करोड रुपैयाँ) अतिरिक्त विकास अनुदान उपलब्ध गराएको छ । जर्मन सरकारले निर्माणाधिन दमौली–लेखनाथ प्रशारणलाईन लाईन निर्माणका लागि अतिरक्ति विकास अनुदान उपलब्ध गराएको हो ।

जर्मन सरकारले सन् २०१६ मा सो ट्रान्समिशन लाईन विस्तार तथा नविकरणीय ऊर्जा कार्यक्रकका लागि १६ मिलियन यूरो उपलब्ध गराएको थियो । हाल संचालन भइरहेको दमौली–लेखनाथ ट्रान्समिशन लाईनका लागि नपुग थप १५ मिलियिन यूरो रकम उपलब्ध गराएको हो । यसँगै सो आयोजनाका लागि जर्मन सरकारले कुल ३१ मिलियन यूरो उपलब्ध गराएको छ । सो अनुदान जर्मन डेभलपमेन्ट बैंकले उपलब्ध गराउने भएको छ ।

जर्मन सरकारबाट उपलब्ध १५ मिलियन यूरो अनुदानबाट दमौली–लेखनाथ २२० केभीको ४३ किलोमिटर डबल सर्किट प्रसारण लाईन निर्माण गरिनेछ । उक्त प्रशारणलाईन बनेसँगै राष्ट्रिय प्रशारणलाईनलाई थप मजबुद बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL