Logo

नारायणगढ–मुग्लिन सडकमा पहिरो रोक्ने काम अन्तिम चरणमा, असार मसान्तसम्ममा सम्पन्न हुने

नारायणगढ–मुग्लिन सडकमा पहिरो रोक्ने काम अन्तिम चरणमा, असार मसान्तसम्ममा सम्पन्न हुने



काठमाडौं । नारायणगढ–मुग्लिन सडकमा पहिरो रोक्ने काम अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म ८४ प्रतिशत काम सम्पन्न भएको नारायणगढ–मुग्लिन सडक आयोजनाले जानकारी दिएको छ ।

laxmi

लकडाउनले डेढ महिना रोकिएको काम पुनः तीव्र पारिएको हो । ‘अहिले धमाधम काम भइरहेको छ’, आयोजनाका सूचना अधिकारी इञ्जीनियर शिव खनालले भने, ‘असार मसान्तसम्म काम सम्पन्न हुन्छ ।’ कामदारको समस्या भए पनि स्थानीयस्तरबाट व्यवस्थापन गरेर कामलाई निरन्तरता दिएको खनालले बताए ।

उनका अनुसार सडकखण्डको नौ ठाउँमा पहिरो रोक्नका लागि तार, रडलगायतका सामग्री प्रयोग गरिएको छ । अहिले सडकखण्डको १५ किलो, १८ किलो, घुमाउने, भालुढुङ्गा, जलवीरे, चारकिलो, टोपेखोला र कालिखोला नजिक पहिरो रोकथामको काम भइरहेको छ ।

नयाँ प्रविधिको उच्चतम प्रयोग गरेर ‘रकनेटिङ’, ‘बोल्टिङ’ र ‘बायो इन्जिनियरिङ’ प्रविधिबाट पहिरो रोकथामको काम भइरहेको खनालले जानकारी दिएका छन । निर्माण कम्पनीले ३० हजार वर्गमिटर क्षेत्रमा पहिरो रोकथामको काम गर्नेछ । १४ करोड ९ लाख रुपैयाँलागतमा पहिरो रोक्ने कामको जिम्मा बज्रगुरु हिमशिखर र न्यूटेक्निकल जेभीले पाएका हुन । सामान्य अवस्थामा यो सडक हुँदै दैनिक १० हजार सवारी गुड्छन/रासस

प्रतिक्रिया दिनुहोस्
MBL