Logo

जनकपुर बिजलापूरा खण्डको रेल्वे ट्रयाक निर्माण पुनः सुरु, दैनिक ७० कामदारले काम गर्ने

जनकपुर बिजलापूरा खण्डको रेल्वे ट्रयाक निर्माण पुनः सुरु, दैनिक ७० कामदारले काम गर्ने



काठमाडौं । जनकपुर बिजलापूरा खण्डको रेल्वे ट्रयाक निर्माणको काम पुनःसुरु भएको छ । रेल विभागले जिल्ला प्रशासन, स्थानीय निकायको पहलमा १७ किलोमिटर लामो उक्त रेलवे ट्रयाक निर्माण पुन सुरु गरेको हो ।

laxmi

सरकारले अत्यावस्यक तथा पूर्वधारलाई सुरक्षाको मापदण्ड पुरा गरेर विकास निर्माणका काम सुरु गर्न दिएको गाईडलाईन अनुसार जनकपुर विजलापुर खण्डको काम सुरु गरेको रेल विभागले जानकारी दिएको छ ।

विभागका अनुसार नेपाल पूर्ण लकडाउन पछि रोकिएको उक्त रेलमार्गको ट्रयाक निर्माण कार्य शुक्रबारबाट सुरु भएको हो । हाल करिब ७० जना कामदारबाट सुरु गरिएको विभागका प्रमुख बलराम मिश्रले जानकारी दिएका छन । उनका अनुसार निर्माण सामग्री जे जति छ सोही अनुसार काम हुने छ ।

सो क्षेत्रमा मजदुर पनि भएको र निर्माण सामग्रीसमेत भएकाले काम सुरु गर्न थालेको विभागले जानकारी दिएको छ । मिश्रले भने, ‘काम गर्दागर्दै रोकिएकाले हामीले तत्ककाल काम सुरु गरेका हौं ।’ उक्त रेलवे ट्रयाक जुनसम्ममा सरकारलाई हस्तान्तरण गर्नु पर्ने भए पनि लकडाउनका कारण काममा अवरोध पुगेकाले उक्त काम सोही अनुसार पछि धकिेलिँदै जाने बिभागको भनाई छ ।

सो रेलवे ट्रयाकमा लिग विछ्याउनेलगायतका सबैकाम सम्पन्न गरेर मात्रै सरकारलाई हस्तान्तरण गर्नु पर्ने हुन्छ । अहिले पनि पुरा जनशक्तीका साथ काम नभएकाले निर्धारित समय भन्दा केही महिना पछिमात्रै उक्त ट्रयाक निर्माण सम्पन्न गर्न सकिने विभागले जानकारी दिएको छ ।

त्यस्तै अन्य विदेशीहरु आएर गर्नु पर्ने जस्तै केरुङ काठमाडौं, काठमाडौं रक्सौल, पूर्वपश्चिम रेलमार्गको काम भने लकडाउन खुले पछिमात्रै अगाडी बढाईने विभागले जानकारी दिएको छ । यो लकडाउनका कारण बाहिरबाट आउनु पर्ने इन्जिनियरलगायत मानव श्रोतसाधन नेपालमा आउन नसक्ने भए पछि अन्य क्षेत्रको अध्ययन, निर्माणको काम भने रोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL