Logo

बिजुलीबजारको अर्को ‘नेटवर्क आर्क ब्रिज’ पुल पनि तयार, तीनकुनेमा भने अझै काम अघि बढेन

बिजुलीबजारको अर्को ‘नेटवर्क आर्क ब्रिज’ पुल पनि तयार, तीनकुनेमा भने अझै काम अघि बढेन



काठमाडौं । नेपालमा पहिलो पटक ‘नेटवर्क आर्क ब्रिज’ प्रविधिबाट निर्माण भएको बिजुलीबजार पुलको काम अन्तिम चरणमा पुगेको छ । पुल निर्माण सकिएसँगै त्यससँग जोडिएका थप काम सडक कालोपत्र गर्ने, पुलमा रंगरोगन र बत्ती जडानको काम गरिने आयोजनाले जानकारी दिएको छ ।

laxmi

निर्माण व्यवसायीले केही समयमै रंगरोगन र सडक कालोपत्र गर्ने काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका इञ्जिनीयर विश्वविजयलाल श्रेष्ठले बताए । सडकमा राखिने बत्ती डिजाइनमा उल्लेख भएभन्दा फरक राख्नका लागि छलफल भइरहेको छ । उनले भने, ‘अन्तिम काम सकिएपछि अबको केही समयमै पुल संचालनमा आउनेछ ।’ एउटै ठेक्का मार्फत मुख्य लेनको दायाँबायाँ पुल निर्माण भइरहेकामा अघिल्लो वर्ष नै सम्पन्न भएर एउटा संचालनमा आईसकेको छ । एउटै समयमा र उस्तै डिजाइनमा निर्माण गर्ने भनिएको तीनकुनेस्थित वाग्मती पुलको काम भने अघि बढेको छैन ।

बिजुलीबजार पुल निर्माणका लागि विसं २०७१ पुसमा जेई कन्स्ट्रक्सन प्रालिले पुल निर्माणको जिम्मेवारी लिएको थियो । ३ वर्षमा सक्ने गरी पहिलोपटक ठेक्का सम्झौता भएको थियो । तोकिएको अवधिमा सम्पन्न नभए पनि पुल निर्माणमा सोही ठेकेदारलाई म्याद थप गर्दा काम सम्पन्न हुने भन्दै आयोजनाको सिफारिसमा सरकारले पुसम्मका लागि १ वर्ष अवधि थपेको हो । सो पुलको चौडाइ १२ मिटर र लम्बाइ ५१ दशमलव ४५ मिटर रहेको छ/रासस

प्रतिक्रिया दिनुहोस्
MBL