Logo

नागढुङ्गा सुरुङमार्गमा जापानमा जस्तै ‘सर्भिस सेन्टर’ निर्माण हुने, स्थानीयवासीलाई फाइदा

नागढुङ्गा सुरुङमार्गमा जापानमा जस्तै ‘सर्भिस सेन्टर’ निर्माण हुने, स्थानीयवासीलाई फाइदा



काठमाडौं । निर्माणाधीन नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गमा ‘सर्भिस सेन्टर’ निर्माण गरिने भएको छ । स्थानीयवासीलाई सहज हुने गरी सो स्थानमा पार्किङ, स्थानीय उत्पादन बिक्री केन्द्रलगायतका लागि कक्ष निर्माण हुने बताइएको छ ।

laxmi

सुरुङमार्ग खन्दा आएका मजबुत ढुङ्गा र माटो त्यही निर्माणका क्रममा प्रयोग गर्ने र कमजोर ढुङ्गा माटोलाई सर्भिस सेन्टर निर्माणमा प्रयोग गरिने सडक विभाग र विकास समन्वय कार्यन्वयन महाशाखाका प्रमुख अर्जुनजङ्ग थापाले बताए । सिस्ने खोलामा प्रयोगमा नआएका सामग्री भरेर सोही स्थानमा सर्भिस सेन्टर निर्माण गरिनेछ । केन्द्रको निर्माण सम्पन्न भएपछि धुनिबेँसी नगरपालिकालाई नै हस्तान्तरण गरिनेछ ।

जापानमा ठाउँठाउँमा यस्ता केन्द्र हुने हुँदा निर्माण कम्पनीले सोही अनुसार केन्द्र निर्माण गर्न लागेको हो । उनले भने, ‘केन्द्रबाट सेवा शुल्क उठाएर नगरपालिकाले आर्थिक उपार्जन गर्ने र त्यसैको व्यवस्थापनमा खर्च गर्न सक्नेछ ।’

सुरुङमार्गसँगै एउटै परियोजनामा निर्माण हुने दुई ‘फ्लाई ओभर’ पनि नेपालमा पहिलो हुनेछन् । यसको निर्माणसम्पन्न हुँदा काठमाडौँ प्रवेशमार्गमा हुने सवारी जाम हट्ने विश्वास गरिएको छ ।

सुङमार्ग निर्माण ४२ महिनाको अवधिमा सम्पन्न गर्ने गरी हाजमा आङदो कर्पोरेशन र नेपाल सरकारबीच सम्झौता भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज ४ गते सुरुङमार्गको शिलान्यास गरेसँगै यसको निर्माण अघि बढेको छ ।

निर्माणस्थलमा अहिले सरकारले जग्गा अधिग्रहण गरिरहेको छ भने निर्माण कम्पनीले निर्माणको काम शुरु गरिसकेको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले गरेको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) मा सुरुङमार्गको लगानी आगामी सात वर्षमा उठ्ने उल्लेख छ । रासस

प्रतिक्रिया दिनुहोस्
MBL