Logo

कालोसुचीमा राख्ने पत्र नबुझेपछि पप्पु कन्स्ट्रक्सनसँग फेरि स्पष्टीकरण मागियो, ३० दिनभित्र पेस नगरे कारवाही

कालोसुचीमा राख्ने पत्र नबुझेपछि पप्पु कन्स्ट्रक्सनसँग फेरि स्पष्टीकरण मागियो, ३० दिनभित्र पेस नगरे कारवाही



काठमाडौं । सिक्टा सिंचाई आयोजना अन्तर्गतको डुन्डुवा सिंचाई प्रणालीको मुख्य तथा सहायक नहर निर्माणको जिम्मा पाएको कोस्टल–पप्पु जेभीसँग सरकारले स्पष्टीकरण सोधेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सोमबार एक सूचना प्रकाशित गर्दै ३० दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ ।

यसअघि सिक्टा आयोजनाले निर्माणको जिम्मा पाएका यी संयुक्त कम्पनीलाई कात्तिक २६ गते कालोसूचीमा राख्न पत्र लेखेको थियो । तर उक्त पत्र बुझ्न नमानेपछि कार्यालयले सोमबारदेखि गणना हुने गरि कालोसूचीमा राख्न नपर्ने आधार खुलाई त्यससँग सम्बद्ध कागजातसहित ३० दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ । तोकिएको समयभित्र लिखित स्पष्टीकरण पेस नगरे कानुनबमोजिम हुने कार्यालयले स्पष्ट पारेको छ ।

सन् २०१६ जुन् २० गते यो कम्पनीलाई उक्त सिचाईं प्रणालीको मुख्य तथा सहायक नहरसहितको निर्माणको सम्झौता सरकारले गरेको थियो । तर अहिलेसम्म उक्त प्रणालीमा खासै प्रगति भने हुन सकेको छैन ।

पप्पु कन्स्ट्रक्सन संघीय समाजवादी फोरमका तर्फबाट सांसद रहेका हरिनारायण रौनियारको कम्पनी हो । यस अघि पप्पु कन्स्ट्रक्सनले देशभर विभिन्न ठाउँमा सडक र पुलको निर्माण ठेक्का लिने तर समयमै पुरा नगर्ने, पुरा गरेका आयोजना पनि गुणस्तरहिन रहेको भन्दै आलोचना हुँदै आएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL