Logo

सकियो महासंघ मतदान प्रक्रिया, ८२३ भोट खस्यो, ३ बजेबाट गणना शुरु

सकियो महासंघ मतदान प्रक्रिया, ८२३ भोट खस्यो, ३ बजेबाट गणना शुरु


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको मतदान प्रक्रिया सकिएको छ । बिहान साढे ९ बजेबाट शुरु भएको मतादान प्रक्रिया केही १ बजे सकिएको हो । मतदान समय विहान ८ बजेबाट १२ बजेसम्म भएपनि बिहान ढिलाई हुँदा १ बजेसम्म सरेको हो ।

महासंघको निर्वाचनमा कुल ८ सय २३ मत खसेको छ । जसमा जिल्ला तथा नगरतर्फ कुल १ सय ४ मत, बस्तुतगतर्फ ९९ मत खसेको छ । यसैगरी एशोसिएट्सतर्फबाट ६ सय २० मत खसेको छ । एसोसिएट्समा कुल ६ सय ३३ मत भएपनि १३ मत नखसेको निर्वाचन कमिटिले जानकारी दिएको छ ।

निर्वाचन कमिटिको पूर्व घोषित तालिका अनुरुप ३ बजेबाट मतगणना शुरु हुने भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL